काठमाडौँ :- रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ तिनकुनेमा स्कुटर दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मृत्यु हुनेमा बुटवल–९ एकतापथका २१ वर्षीय रिवा श्रेष्ठ रहेका छन्।
होराइजोन चोकबाट तिनकुनेतर्फ जाँदै गरेको लु ७८ प ७४१७ नम्बरको स्कुटर मंगलबार राति करिब १२:१५ बजे अनियन्त्रित भएर पल्टिँदा गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।












