काठमाडौँ :- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। गत शुक्रबारको तुलनामा सुन प्रतितोला १ हजार ९०० रुपैयाँ र चाँदी ४० रुपैयाँले महँगिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला ४ हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ।
गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ८२ हजार १०० रुपैयाँ र चाँदी ४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रति औंस ४ हजार ३१ अमेरिकी डलर र चाँदी प्रति औंस ५६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।












