काठमाडौँ :- काठमाडौँको कुमारीगालमा घरको चौथो तलाबाट खसेर एक जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार मृत्यु हुने ४९ वर्षीय नवीन अग्रवाल हुन्, जो कुमारीगालमा डेरा गरी बस्दै आएका थिए। प्रारम्भिक अनुसन्धानका क्रममा उनी चौथो तलाबाट खसेको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ। शव पोस्टमार्टमपछि आफन्तलाई बुझाउने तयारी गरिएको प्रहरीले जनाएको छ।












