काठमाडौँ :- कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँ बराबरको बजेट प्रदेशसभाबाट पारित भएको छ।
पारित बजेटअनुसार कुल विनियोजनमध्ये चालू खर्चतर्फ १३ अर्ब ९७ करोड ६३ लाख रुपैयाँ, पुँजीगत खर्चतर्फ २० अर्ब ७५ करोड ९९ लाख रुपैयाँ, वित्तीय व्यवस्थातर्फ १५ करोड रुपैयाँ तथा वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब ५६ करोड ३६ लाख रुपैयाँ छुट्याइएको छ।
बजेटका लागि आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड रुपैयाँ, राजस्व बाँडफाँडबाट १२ अर्ब ८७ करोड रुपैयाँ र सङ्घीय सरकारको वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब १२ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
त्यसैगरी सशर्त अनुदानबाट ५ अर्ब ९५ करोड रुपैयाँ, समपूरक अनुदानबाट ६४ करोड रुपैयाँ, विशेष अनुदानबाट ५५ करोड रुपैयाँ, रोयल्टीबाट ४१ करोड रुपैयाँ र सोझै भुक्तानीमार्फत २० करोड रुपैयाँ परिचालन गरिनेछ। बजेटमा अपुग हुने ५ अर्ब रुपैयाँ भने नगद मौज्दातबाट व्यवस्थापन गरिने उल्लेख गरिएको छ।












