काठमाडौँ :- सुनसरीको गढी गाउँपालिका–१ स्थित मदेली झण्डा चोकबाट चाइनिज पेस्तोल र गोलीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–१७ रानीबस्तीका अन्दाजी ५१ वर्षीय नुर महोमद र विराटनगर–८ अशोक चोकका ३२ वर्षीय इम्रान खान रहेका छन्।
प्रहरीले नियमित चेकजाँचका क्रममा नुर महोमदको साथबाट एक थान चाइनिज पेस्तोल र त्यसमा लोड गरिएको तीन राउन्ड गोली बरामद गरेको जनाएको छ।
घटनाका सम्बन्धमा दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












