काठमाडौं :- सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधारका लागि जापानसँग दुई अर्ब ८५ करोड जापानी येन (करिब दुई अर्ब ६८ करोड रुपैयाँ) अनुदान सहायता लिने प्रक्रिया अघि बढाएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि १०० दिनमा भएका महत्त्वपूर्ण कार्यहरूको विवरण सार्वजनिक गर्दै विमानस्थल सुधारका लागि उक्त अनुदान सहायतासम्बन्धी प्रक्रिया अघि बढाउन सैद्धान्तिक सहमति प्रदान गरिएको जानकारी दिएका छन्।
सरकारका अनुसार जापानको अनुदान सहयोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार तथा सेवा सुधारका काम अघि बढाइनेछ।
यसअघि २०८१ सालमा करिब १५ अर्ब रुपैयाँको लागतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गरिएको थियो।












