काठमाडौँ :- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा छापावाल सुन प्रतितोला १ हजार २०० रुपैयाँले घटेर २ लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घट्दै ४ हजार ३६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।
सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ४ हजार ३७५ रुपैयाँ रहेको थियो।












