काठमाडौँ :- तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडा हिलेटारस्थित सेती नदीमा एक महिलाको शव फेला परेको छ।
प्रहरीका अनुसार आज बिहान नदीकिनारमा तैरिरहेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
हालसम्म मृतक महिलाको पहिचान खुल्न सकेको छैन। घटनास्थल पुगेको प्रहरीले शवको मुचुल्का उठाएर घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।












