काठमाडौँ :- सुनचाँदीको स्थानीय बजारमा आज दुवै बहुमूल्य धातुको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार छापावाल सुन प्रतितोला रु ३,१०० ले घटेर रु २ लाख ८२ हजार १०० मा झरेको छ।
त्यसैगरी चाँदीको मूल्य पनि प्रतितोला रु १२५ ले घट्दै रु ४ हजार २०० कायम भएको महासङ्घले जनाएको छ।
अघिल्लो दिन सुन रु २ लाख ८५ हजार २०० र चाँदी रु ४ हजार ३२५ मा कारोबार भएको थियो।












