काठमाडौँ :- पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू स्वदेश फर्कन लागेको जानकारी दिँदै देशलाई प्रतिशोध होइन, सहकार्यको राजनीति आवश्यक रहेको बताएका छन्।
एक सन्देश जारी गर्दै देउवाले अहिलेको परिस्थितिमा इतिहासबाट प्राप्त अनुभव, परिवर्तनको ऊर्जा तथा नयाँ पुस्ताको ज्ञान, प्रविधि र सिर्जनशील क्षमताबीच राष्ट्रिय संवाद र साझा सहकार्य अपरिहार्य भएको उल्लेख गरेका छन्।
उनले प्रतिशोध र निषेधको राजनीतिभन्दा माथि उठेर राष्ट्र निर्माण र साझा भविष्यलाई सबैको साझा संकल्प बनाउनुपर्नेमा जोड दिएका छन्।












