काठमाडौँ :- प्रतिनिधिसभाले ‘पर्यटन विधेयक, २०८२’ र ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।
आज बसेको प्रतिनिधिसभा बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले राष्ट्रियसभाबाट उत्पत्ति भएको ‘पर्यटन विधेयक, २०८२’ लाई सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गरेका थिए। त्यसैगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव राखेका थिए, जसलाई प्रतिनिधिसभाले सर्वसम्मतिले पारित गरेको हो।












