काठमाडौँ :- नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ।
न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासले प्रहरीको मागअनुसार म्याद थप गरेको हो।
यो पौडेलविरुद्ध पाँचौँपटक थुना अनुमति दिइएको हो। उनलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका लागि असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो।












