काठमाडौँ :- प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न पेशा तथा व्यवसायसँग सम्बन्धित प्रतिनिधिहरूसँग संवाद गर्ने क्रमलाई निरन्तरता दिँदै आज जुत्ता व्यवसायीसँग छलफल गर्दै हुनुहुन्छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार उहाँले फुटवेयर एसोसिएसनका अध्यक्ष सुरज बञ्जाडे, निवर्तमान अध्यक्ष रुद्र न्यौपाने, सल्लाहकार कालीदास गौतमलगायत पदाधिकारीसँग भेटवार्ता गर्नुहुनेछ।
छलफलमा स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन, बजार व्यवस्थापन, आत्मनिर्भरता अभिवृद्धि तथा यस क्षेत्रका चुनौती र आवश्यक नीतिगत सुधारका विषयमा केन्द्रित हुने जनाइएको छ।












