काठमाडौँ :- उदयपुरको बेलका नगरपालिकामा विद्युतको पोलमा काम गर्ने क्रममा करेन्ट लागेर नेपाल विद्युत प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको छ।
प्रहरीका अनुसार बुधबार बेलका नगरपालिका–९ रामपुर नगर अस्पताल नजिक विद्युतको पोलमा चढेर मिटर बक्सको तार जोड्ने क्रममा नेपाल विद्युत प्राधिकरण रामपुर वितरण केन्द्रमा कार्यरत ४० वर्षीय मिलन राईलाई करेन्ट लागेको थियो।
करेन्ट लागेपछि करिब चार मिटर माथिबाट खसेर गम्भीर घाइते भएका राईलाई तत्काल रामपुर नगर अस्पतालमा पुर्याइएको थियो। त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल रेफर गरिएकोमा दिउँसो १२:०५ बजे उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।












