काठमाडौँ :- झापाको बिर्तामोडबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
शुक्रबार साँझ इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले भारतको पश्चिम बङ्गाल राज्य, दार्जिलिङ जिल्ला, खोरीबारी ग्रामपञ्चायत निवासी ३४ वर्षीय कमल बर्मनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार बिर्तामोड नगरपालिका–५ स्थित देउराली होटलमा लागुऔषधको अवैध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा छापा मारिएको थियो।
होटलको कोठामा रहेका बर्मनको खानतलासी गर्दा प्लास्टिकबाहेक ३१ ग्राम ९७० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने लिसाइलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












