काठमाडौँ :- प्रधानमन्त्री बालेन शाहले निजी स्वास्थ्य र शिक्षा क्षेत्रमा प्रस्ताव गरिएको ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने निर्णय भएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत उनले उक्त कर हाल कार्यान्वयन गर्दा आम नागरिकमाथि थप आर्थिक भार पर्ने र असन्तुष्टि बढ्ने देखिएकाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको परामर्शपछि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क हालका लागि लागू नगर्ने निर्णय गरिएको जानकारी दिएका हुन्।
प्रधानमन्त्री शाहले सरकार जनताको विश्वास र अपेक्षाबाट बनेको जनमुखी सरकार भएकाले नागरिकलाई अनावश्यक भार पर्ने निर्णय आवश्यक परे सच्याउन सरकार सधैं तयार रहने उल्लेख गरेका छन्। साथै, सुशासन कायम गर्दै सबै नागरिकलाई गुणस्तरीय जीवनको अनुभूति गराउनु सरकारको मुख्य उद्देश्य रहेको उनले बताएका छन्।












