काठमाडौँ :- नेपाली कांग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा वास्तविक परिवर्तनका लागि सतही काम गरेर मात्र नपुग्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले अस्पताल फार्मेसीको बोर्ड मात्र परिवर्तन गरेर नागरिकले सहज सेवा पाउने वा औषधिको मूल्यमा सुशासन कायम हुने अवस्था नरहने टिप्पणी गरेका हुन् । उनले स्वास्थ्य क्षेत्रको रूपान्तरणका लागि दीर्घकालीन योजना र व्यावहारिक समाधानको खाँचो रहेको औँल्याएका छन् ।
उनले सामाजिक संजालमा सरकारलाई दुई बुँदे सुझाव दिएका छन् । नयाॅ परिस्थितिका कारण ती महत्त्वपूर्ण नीतिगत कामहरूले गति लिन नसकेको उल्लेख गर्दै उनले सरकारलाई सुझाव दिएको बताएका हून् ।
यस्तो छ उनको सुझाव
१)खुद्रा काममा मात्र नअल्झिई स्वास्थ्य क्षेत्रको प्रणालीगत सुधारमा लागौं
२) राज्यलाई नागरिकप्रति जवाफदेही बनाउन हामीले तयार गरेका कानुनी तथा नीतिगत दस्तावेज र प्रतिवेदनहरूको गहन अध्ययन गरी कार्यान्वयन गरौं ।












