काठमाडौँ :- Nisha Mehtaले संविधानले सुनिश्चित गरेको स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताएकी छन्।
राष्ट्रियसभामा ‘विनियोजन विधेयक, २०८३’ माथिको छलफलमा सांसदहरूको जिज्ञासाको जवाफ दिँदै उनले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य मन्त्रालय र मातहतका निकायका लागि रु ९६ अर्ब ३७ करोड ७३ लाख बजेट विनियोजन गरिएको जानकारी दिइन्।
मन्त्री मेहताले स्वास्थ्य क्षेत्रमा गरिएको लगानीलाई देशको भविष्य र मानव पुँजी निर्माणसँग जोड्दै नागरिकको उपचार खर्च घटाउने तथा उत्पादकत्व वृद्धि गर्ने उद्देश्यका साथ स्वास्थ्य क्षेत्रमा पर्याप्त लगानी आवश्यक रहेको बताइन्।
साथै, ‘राष्ट्रिय स्वास्थ्य वित्त रणनीति’ले निर्धारण गरेको १० प्रतिशत बजेट लक्ष्य हासिल गर्न सरकार प्रयासरत रहेको उल्लेख गरिन्।












