काठमाडौँ :- काठमाडौंको माकलबारीमा गुडिरहेको गाडीमा अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक पैदलयात्रुको मृत्यु भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार विस्फोटपछि सिलिन्डरको टुक्रा लागेर माकलबारी निवासी ४६ वर्षीय विष्णु थापा गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि जोरपाटीस्थित नेपाल मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरी वृत्त बौद्धले आवश्यक अनुसन्धान गरिरहेको छ।












