काठमाडौँ :- भियतनामको दक्षिणी फु क्वोक टापु नजिक शनिबार पर्यटक बोकेको डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु भएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार डुङ्गामा ३२ जना भारतीय पर्यटकसहित चालक दल र सेवाकर्मी गरी ३६ जना सवार थिए। दुर्घटनापछि २१ जनाको सकुशल उद्धार गरिएको छ भने १५ जनाको शव फेला परेको छ।
घटनालगत्तै स्थानीय अधिकारी, तटरक्षक बल तथा आसपास रहेका अन्य डुङ्गाको सहयोगमा उद्धार अभियान सञ्चालन गरिएको थियो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।












