काठमाडौँ :- नेपाल बाल सङ्गठन (बाल मन्दिर)को जग्गा हिनामिना प्रकरणमा आठ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा ठगी मुद्दा दायर गरिएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धान र उच्चस्तरीय जाँचबुझ आयोग–२०७७ को प्रतिवेदनका आधारमा मुद्दा दायर गरिएको हो।
मुद्दा दायर गरिएकामध्ये बाल मन्दिरका तत्कालीन योजना प्रमुख तथा हाल काठमाडौं महानगरपालिका–११ की वडा सदस्य आशा श्रेष्ठ, काठमाडौं जिल्ला समितिका तत्कालीन सचिव राजेन्द्रकुमार श्रेष्ठ र ललितपुर जिल्ला समितिका तत्कालीन सभापति ओमकृष्ण कर्माचार्य पक्राउ परेका छन्। अन्य पाँच जना भने फरार रहेका छन्।
सीआईबीका अनुसार प्रकरणमा संलग्न रहेको आरोपमा सम्बन्धित व्यक्तिविरुद्ध ठगी कसुरमा कानुनी प्रक्रिया अघि बढाइएको छ।












