काठमाडौँ :- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भागबण्डाको युग सकिएको बताएका छन् ।
बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भागबण्डाको युग सकिएको बताउँदै अब कतै पनि भागबण्डा नगर्ने बताए।
उनले भने, “नेपाली कांग्रेसले न पार्टीमा न त देशमा कहीँ भागबण्डा गर्छ । भागबण्डाको युग सकियो अब हामी काहीँ पनि भागबण्डा गर्दैनौँ ।” उनले कतै भाग नदिने र नमाग्ने पनि बताए ।












