काठमाडौँ :- कतारका पूर्व अमिर शेख हमद बिन खलिफा अल थानीको निधन भएको छ। अमिरको कार्यालयले आइतबार विज्ञप्तिमार्फत निधनको पुष्टि गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।
सन् १९९५ देखि २०१३ सम्म कतारको नेतृत्व गरेका शेख हमदलाई आधुनिक कतारका प्रमुख योजनाकार मानिन्छ। उहाँकै नेतृत्वमा कतारले तीव्र आर्थिक विकास गर्दै ऊर्जा, सञ्चार र कूटनीतिक क्षेत्रमा उल्लेखनीय प्रगति गरेको थियो। साथै, सन् १९९६ मा अल जजिरा मिडिया नेटवर्कको स्थापना पनि उहाँकै शासनकालमा भएको थियो।












