काठमाडौँ :- प्रधानमन्त्री बालेन शाह मंगलबारको प्रतिनिधिसभा बैठकमा करिब २० मिनेट सहभागी भएर बाहिरिएका छन्।
राप्रपाकी सांसद खुस्बु ओलीले आफ्नो धारणा राखिरहेकै बेला प्रधानमन्त्री शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संसद् भवनमा प्रवेश गरेका थिए। उनीहरू दिउँसो १:३७ बजे बैठकमा सहभागी भएका थिए र करिब २० मिनेटपछि बाहिरिएका हुन्।












