काठमाडौं :- नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेर २ लाख ९० हजार ३०० रुपैयाँ कायम भएको छ।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घट्दै ३ हजार ६०५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ।












