काठमाडौँ :- सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई सात दिनभित्र विभागमा उपस्थित हुन सूचना जारी गरेको छ।
विभागले सम्पत्ति शुद्धीकरण सम्बन्धी जाँचबुझका क्रममा केही विषयमा स्पष्टीकरण तथा जानकारी लिनुपर्ने भएकाले सात दिनभित्र उपस्थित हुन पुर्जी जारी गरेको जनाएको छ।
विभागका अनुसार उक्त पुर्जी बुढानीलकण्ठस्थित देउवाको निवासमा समेत टाँस गरिएको छ।













