काठमाडौँ :- धितोपत्र बजारमा मंगलबार नेप्से परिसूचक सामान्य वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार परिसूचक ७.२५ अंकले बढेर २७२६.४९ विन्दुमा पुगेको छ।
यद्यपि, ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१८ अंकले घटेर ४७२.४२ मा झरेको छ। फ्लोट सूचक ०.१९ अंकले बढेर १८६.६२ पुगेको भने सेन्सेटिभ फ्लोट सूचक १६०.०२ विन्दुमा स्थिर रहेको छ।
आज एक करोड ४९ लाख २४ हजार ३०२ कित्ता सेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम ६ अर्ब ६७ करोड १० लाख रुपैयाँभन्दा बढी पुगेको छ।
१३ उपसमूहमध्ये पाँच उपसमूहको सूचक बढ्दा आठ उपसमूहको सूचक घटेको छ। कारोबार भएका कम्पनीमध्ये १०३ कम्पनीको सेयर मूल्य बढेको, १६१ कम्पनीको घटेको र १३ कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।
आज एभरेष्ट कलर लिमिटेड, कलङ्गा हाइड्रोपावर र बोटलर्स नेपाल (बालाजु) लिमिटेडका लगानीकर्ताले सर्वाधिक लाभ कमाएका छन्। यता नबिल बैंक डिबेञ्चर, एनआइबिएल ग्रोथ फन्ड र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सर्वाधिक गिरावट आएको छ।












