काठमाडौँ :- डोटीको प्रहरी चौकी सानागाउँमा कार्यरत प्रहरी जवान गणेश जोशीको उपचारका क्रममा निधन भएको छ। डडेल्धुराको जोगबुडा घर भएका जोशी ड्युटीका क्रममा असार २७ गते राति अचानक पेट दुखेपछि जिल्ला अस्पताल डोटी लगिएका थिए।
स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई थप उपचारका लागि अत्तरिया अस्पताल रिफर गरिएको थियो, जहाँ आज बिहान उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्युको यकिन कारण पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै खुल्ने बताइएको छ।












