काठमाडौँ :- प्रतिनिधिसभाको आजको बैठक सुरू भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०८१/८२’ र ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन, २०८१/८२’ पेस गर्ने कार्यसूची रहेको छ।
त्यसैगरी, मन्त्री गौतमले प्रधानमन्त्रीका तर्फबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गर्ने र सोही विधेयक संसद्मा प्रस्तुत गर्ने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ।
यस्तै, ‘नेपाल विशेष सेवा ऐन, २०४२’ को साविकको व्यवस्था पुनः कायम गर्ने सम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि मन्त्री गौतमले बैठकमा प्रस्तुत गर्नेछिन्।












