काठमाडौँ :- म्याग्दीमा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मालिका गाउँपालिका–५ देविस्थान पन्थुकका २२ वर्षीय बिकल विक रहेका छन्। उनलाई आइतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार बालिकामाथि जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी मुनाताकबाट खटिएको टोलीले बिकललाई पक्राउ गरेको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












