काठमाडौँ :- प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ। सभामुख डोलप्रसाद अर्यालले बैठक प्रारम्भ भएको घोषणा गर्नेबित्तिकै प्रतिपक्षी दलका सांसदहरूले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए।
विरोधका बीच सभामुख अर्यालले नेकपा (एमाले)का सांसद गणेश ठगुन्नालाई बोल्ने समय दिएका थिए। सांसद ठगुन्नाले नेपालको भौगोलिक अखण्डता जोगाउन पुर्खाहरूको योगदान स्मरण गर्दै नेपाल–छिमेकी देशबीच देखिएको सीमासम्बन्धी विवाद समाधानका लागि सरकारले आवश्यक पहल गर्नुपर्नेमा जोड दिए।












