काठमाडौँ :- नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रा.लि.ले पुराना होण्डा कारका एयरब्यागमा देखिन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै निःशुल्क ‘सेफ्टी रिकल अभियान’ सञ्चालन गरेको छ।
कम्पनीका अनुसार सन् २००१ देखि २०१४ सम्म उत्पादन भएका होण्डा सिटी, सिभिक, सीआर–भी, ज्याज, इन्साइट, स्ट्रिम र अकर्ड मोडेल यस अभियानअन्तर्गत पर्छन्।
ग्राहकले आफ्नो गाडी रिकल अभियानमा परेको वा नपरेको होण्डाको आधिकारिक वेबसाइटमार्फत जाँच गर्न सक्नेछन्। अभियानअन्तर्गत प्रभावित गाडीको एयरब्याग परीक्षण तथा आवश्यक परे इन्फ्लेटर परिवर्तन पूर्ण रूपमा निःशुल्क गरिने कम्पनीले जनाएको छ।
सम्भावित जोखिमबाट बच्न र सुरक्षित यात्रा सुनिश्चित गर्न नजिकको होण्डा आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गरी एयरब्याग जाँच गराउन कम्पनीले ग्राहकहरूलाई आग्रह गरेको छ।












