काठमाडौँ :- नेकपा (एमाले) की नेतृ अष्टलक्ष्मी शाक्यलाई हृदयघात भएपछि पाटन अस्पतालमा भर्ना गरिएको छ।
मुटुसम्बन्धी समस्या देखिएपछि उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको हो।
हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको पारिवारिक स्रोतले जनाएको छ।
चिकित्सकको केही दिन निगरानीमा राखेर अवस्था सुधार भएपछि डिस्चार्ज गरिने बताइएको छ।












