काठमाडौँ :- नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले नेताहरू पार्टी फुटाउने होइन, एकता कायम गर्दै कांग्रेसलाई थप सुदृढ बनाउन जुट्नुपर्ने बताएका छन्।
चितवनमा आयोजित ४४औँ बीपी स्मृति दिवस कार्यक्रममा उनले मुलुकको विकासका लागि कांग्रेसको एकता आवश्यक रहेको भन्दै पार्टी फुट्नु अभिशाप हुने धारणा व्यक्त गरे। कार्यक्रममा बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसहित कांग्रेसका नेता तथा कार्यकर्ताको सहभागिता थियो।












