काठमाडौँ :- संखुवासभामा जबरजस्ती करणी मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले २८ वर्षपछि पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार पाँचखपन नगरपालिका–७ निवासी ५७ वर्षीय गंगाबहादुर राई उर्फ दुर्गाबहादुर राईलाई बुधबार पक्राउ गरिएको हो।
राईले २०५५ सालमा २२ वर्षीया युवतीमाथि जबरजस्ती करणी गरेको आरोपपछि फरार रहेका थिए। उक्त मुद्दामा तत्कालीन पुनरावेदन अदालत धनकुटा इजलासले २०६५ भदौ ५ गते उनलाई तीन वर्ष कैद सजाय सुनाएको थियो।
विशेष सुराकीका आधारमा गरिएको खोजतलासका क्रममा इलाका प्रहरी कार्यालय वानाको टोलीले राईलाई पाँचखपन–७ स्थित आफ्नै घर नजिकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका राईलाई सजाय कार्यान्वयनका लागि जिल्ला अदालत चैनपुरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानकारी दिएको छ।












