काठमाडौँ :- बाल मन्दिरको जग्गा भाडासम्बन्धी विवादमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले तीन जनालाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
सीआईबीका अनुसार पक्राउ परेकाहरूको परिचय भने हालसम्म सार्वजनिक गरिएको छैन।












