ट्रेन्डिङ

राष्ट्रपति पौडेललाई रवि लामिछानेले दिए बाढी प्रभावित क्षेत्रको ब्रिफिङ

ओलीद्वारा रसुवा पीडितका लागि १ करोड २० लाख जुटाउने घोषणा

भोटेकोशी बाढी: राहत कोषमा बाबुराम भट्टराईले जम्मा गरे १ लाख

भोटेकोशी बाढीपीडितका लागि चीन सरकारको २० लाख डलर सहयोग

भोटेकोशी बाढीपछि खोजी–उद्धार र राहतबारे सुरक्षा प्रमुखसँग प्रधानमन्त्रीको ब्रिफिङ

ड्रोनसहित सुरुङको अन्तिम बिन्दुसम्म खोजी, भेटिएनन् मानिस

बाढीपीडितका लागि श्रम संस्कृति पार्टीले १५ लाख सहयोग गर्ने

बाढी प्रभावित क्षेत्रमा ‘फोटो खिच्न’ नजान रास्वपाको सांसदलाई निर्देशन

परिवार साथमा नभएका बाढीपीडित घाइतेको हेरचाहमा महानगरले केयरटेकर खटाउने

रसुवा–नुवाकोटसहित बाढी प्रभावित चार जिल्लाका लागि वाग्मती सरकारले ३ करोड दिने

त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धारका लागि ६ सदस्यीय चिनियाँ टोली घटनास्थलमा

बाढीको विपद्पछि परराष्ट्रमन्त्री खनाल विदेश भ्रमणमा नजाने

लेदो हटाएपछि काठमाडौँ–मुग्लिन सडकमा यातायात सुचारु

नुवाकोटमा बाढीको कहर : ५१ शव फेला, ४०५ जना अझै बेपत्ता

त्रिशूली किनारमा भेटिएको सेफ तोडफोड गरी नगद निकाल्ने २९ जना प्रहरी नियन्त्रणमा

पोखरामा बाढीमा मृत्यु भएकाहरूको शव पहिचान गरिँदै

बाढीमा ५३८ जनाको मृत्यु पुष्टि, ५१७ विदेशी नागरिक सम्पर्कविहीन

भोटेकोशी बाढीपछि उद्धार कोषमा बढ्यो सहयोग, ३६ घण्टामा पौने २ अर्ब

रसुवा बाढीपीडितका लागि वडा अध्यक्ष घिमिरेले दिए ५२ हजार

केरुङको बाढीपहिरो प्रभावित क्षेत्रको चिनियाँ प्रधानमन्त्रीले गरे निरीक्षण

बाढी प्रभावितको उद्धार र राहतमा एनआरएनएले जुटायो ५ करोड

बाढी प्रभावितको उद्धार र पुनर्स्थापनामा गोर्खा ब्रुअरीको १० करोड

कर्णाली सरकारमा तीन नयाँ मन्त्री, पद तथा गोपनीयताको शपथ

विपद्पछि पुनर्निर्माण र जोखिम न्यूनीकरणका लागि १० बुँदे प्रस्ताव

प्रधानमन्त्री शाह नुवाकोटको विदुरमा, बाढी क्षतिको स्थलगत निरीक्षण

सीमावर्ती क्षेत्रमा बाढीपहिरो : बेपत्ताको खोजी गर्न सी जिनपिङको निर्देशन

रसुवामा बाढीपछि ३८४ पर्यटकको अवस्था अज्ञात

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सेना, प्रहरी र एपीएफ परिचालन

भोटेकोसी बाढीको प्रभाव नुवाकोटसम्म, त्रिशूली र बेत्रावती क्षेत्रमा क्षति

राहत बोकेर विकट बस्तीमा पुग्यो रोल्पाली चेली फाउन्डेसन, ५ सय महिलाले पाए निःशुल्क स्वास्थ्य सेवा

लुम्बिनीमा सत्ता साझेदारीअनुसार मन्त्रिपरिषद् हेरफेर

फ्रान्सको पोमासमा टोर्नाडो, १५ घाइते अस्पताल भर्ना

बजारमा बिक्री चाप, नेप्से २५९४ विन्दुमा

ड्युटीमा खटिएकी महिला प्रहरीलाई कुटपिट गरेको आरोपमा युवक पक्राउ

कोशी कटान नियन्त्रण गरी बराहधाम संरक्षण गरिने

आज संसद्मा विधेयक र अन्तर्राष्ट्रिय सम्झौतामाथि छलफल

मनसुनको प्रभाव बढ्यो, हिमालदेखि तराईसम्म वर्षाको सम्भावना

‘पारी बुटवल’को बाँकी छायांकनको तयारी तीव्र, तिहार आसपास प्रदर्शनको तयारी ।

मधेश सरकारले नेपाल प्रहरीलाई १२ वटा पिकअप जिप हस्तान्तरण

सरकारप्रति जनताको विश्वास घट्दै गएको छ : अमरेशकुमार सिंह

प्रधानमन्त्री किन मुस्ताङ जानुभयो? हर्क साम्पाङको प्रश्न

रास्वपाको दुईदिने ‘नीति, संगठन र नेतृत्व’ मन्थन सुरु

कोशीमा विद्युत् आपूर्ति सुधार र खपत वृद्धि गर्न मन्त्री श्रेष्ठको जोड

पहिरो हटाएपछि बेनी–जोमसोम सडक एकतर्फी सञ्चालनमा

गरिमा चौधरी हत्या प्रकरणमा प्रचण्ड : ‘राज्य र न्याय प्रणालीमाथि गम्भीर प्रश्न’

रास्वपाको प्रवक्तामा जगदीश खरेल मनोनीत

दर्ता भएन देउवा पक्षको रिट

वागमतीका मुख्यमन्त्री थापामगरले भदौ ७ गते विश्वासको मत लिँदै

पेटभित्र लुकाएर ल्याएको १५० ग्राम सुनजस्तो धातुसहित बंगलादेशी नागरिक पक्राउ

फोहोर व्यवस्थापनलाई राष्ट्रिय आपतकालको रूपमा लिनुपर्छ : सञ्चारमन्त्री

रास्वपामा ९ जना केन्द्रीय सदस्य मनोनीत, विभिन्न विभागको जिम्मेवारी पनि तोकियो

जेसीबी मेसिन रोडबाट तल खस्दा चालकको मृत्यु

११ जना फरार प्रतिवादी पक्राउ

बागमतीका मुख्यमन्त्री थापामगरले गरे ६ मन्त्री नियुक्त

लायन्स क्लब अफ काठमाडौं लर्ड बुद्ध र गृहलक्ष्मीको इन्स्टलेसन तथा इन्डक्सन कार्यक्रम भव्य रूपमा सम्पन्न

नेपालमा अवसर छैन भनेर युवालाई निराश बनाउनु हुँदैन: सेढाई

भारतीय प्रधानसेनापति धिरज सेठ नेपालमा

लागुऔषध मुद्दामा दोषी एक व्यक्ति पक्राउ

समाज बुझ्न र जनता सुन्न युवाहरूलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

बजारमा अनारको भाउ घट्यो

कम्युनिस्टको शक्ति क्षयीकरण भयो : महासचिव पोखरेल

कास्कीका किसानलाई दूध उत्पादनमा २ करोड २० लाख प्रोत्साहन अनुदान

नुवाकोटमा बस र ईभी भ्यान दुर्घटना, २ जनाको मृत्यु, ३ घाइते

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य बिमाका लागि ओपिडी टिकट काउन्टर थप

स्वदेशमै रोजगारी सिर्जना गरी युवालाई राष्ट्र निर्माणमा जोड्छौँ : मन्त्री यादव

देउवाको स्वदेश आगमनसँगै कांग्रेस एकताबद्ध हुने रमेश लेखकको विश्वास

इन्डोनेसियामा खाना विषाक्तताबाट २६९ विद्यार्थी अस्पताल भर्ना

कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेला सुरु

वर्षमान पुनले बाढी–पहिरोपीडितलाई एक महिनाको तलब दिने

भैरहवा र पोखरा विमानस्थल सञ्चालनमा ल्याउन सरकारको छलफल तीव्र

अदालत जान डराउँदिनँ, कानुनको सामना गर्छु : शेरबहादुर देउवा

करको दायरा फराकिलो बनाएर मुलुकको आम्दानी बढाउने नीति लिएका छौँ : अर्थमन्त्री

प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहद्वारा राजीनामाको घोषणा

खाना पकाउने ग्याँसको अभावप्रति राष्ट्रियसभामा सरकारको ध्यानाकर्षण

झापामा जेई सङ्क्रमण पुष्टि भएका नौमध्ये पाँच जनाको मृत्यु

रोल्पा पहिरोमा बेपत्ता तीनजनाको शव प्युठानमा फेला

भट्ट र अग्रवाललाई थुनामा पठाउन आदेश

धनुषामा १७ वर्षीया किशोरी घरकै कोठामा मृत फेला

‘एलपिजीको अधिक खपत हुने क्षेत्रमा संयुक्त अनुगमन गर्नुपर्‍यो’

कोशी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीले दिए राजीनामा

ओली र प्रचण्डले गरे मोहनविक्रमसँग दुई बुँदे सहमति

नेप्से झिनो अंकले बढ्यो, कारोबार रकम घट्यो

ग्यास अभावबारे राष्ट्रियसभा अध्यक्ष दाहालद्वारा सरकारको ध्यानाकर्षण

जिप भेरी नदीमा खस्दा दुई जना बेपत्ता

सरकारी अभिलेख नष्ट हुन नदिन डिजिटलाइजेसनलाई प्राथमिकता : अर्थमन्त्री वाग्ले

प्रधानमन्त्री बालेन र सभामुख डिपी अर्यालबीच भेटवार्ता

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

एकैदिन ६ हजार ४०० सयले बढ्यो सुनको भाउ

राष्ट्रिय अनुसन्धान ब्युरोलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत राख्ने विधेयक पारित

संवैधानिक पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक प्रतिनिधिसभाबाट स्वीकृत

नेपाल–चीन सम्बन्ध सुदृढ बनाउने विषयमा प्रधानमन्त्री शाह र चिनियाँ राजदूतबीच छलफल

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

इन्डोनेसियाको ब्रोमो राष्ट्रिय निकुञ्जमा डढेलो, पर्यटक प्रवेशमा रोक

रास्वपाका मन्त्रीले महिनामा एकपटक पार्टी कार्यालयमै नागरिकका गुनासा सुन्नुपर्ने

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी परिचालन

न्यायपूर्ण प्रतिनिधित्व र सम्मानपूर्ण सहभागिताले सुदृढ राष्ट्र निर्माण हुन्छ : संयोजक प्रचण्ड

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत भेटिए

रवि लामिछाने : धेरै कर तिर्ने करदातालाई राज्यले सधैं सम्मान गर्नुपर्छ

सांसदको प्रश्न- निर्मलाले कहिले न्याय पाउँछिन्? गृहमन्त्रीको जवाफ- यसको उत्तर दिन चाहान्न

बाँकेमा थपिए ३ हजार ७७६ नयाँ मतदाता

प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

भुमिका:
पछिल्ला दुई – तीन दशकमा नेपाली समाजले देखेको परिवर्तन केवल विकासका सूचकांकमा सीमित छैन । यो परिवर्तन हाम्रो जीवनशैली, सम्बन्ध, सोच र व्यवहारको गहिराइसम्म पुगेको छ । बाटो, बिजुली, शिक्षा, वैदेशिक रोजगारी र प्रविधिको विस्तारले समाजलाई केवल बाहिरबाट होइन, भित्रैबाट रूपान्तरण गरिरहेको छ ।

हिजोको समाज जहाँ नियन्त्रण, परम्परा र सामूहिकता मुख्य आधार थिए, आज त्यही समाज संवाद, विकल्प र व्यक्तिवादतर्फ सर्दै गएको छ। यो परिवर्तन कुनै एक कारणले होइन – आर्थिक विकास, सामाजिक चेतना, शिक्षा विस्तार र प्रविधिको संयुक्त प्रभावबाट भएको दीर्घकालीन रूपान्तरण हो । त्यसैले आजको समाजलाई बुझ्न “के बिग्रियो ?” भन्दा “के बदलियो र किन बदलियो ?” भन्ने प्रश्न बढी सान्दर्भिक हुन्छ ।

यही सन्दर्भमा एउटा थप प्रश्न उठ्छ – परिवर्तनलाई बुझ्न नसक्दा – आज हामी, हाम्रो परिवार र राजनीतिक संरचना किन युवासँग टाढिँदै गइरहेका  छौ ?

परिवर्तनको आधार: समग्र विकासको संयुक्त प्रभाव :

प्रविधि आजको परिवर्तनको सबैभन्दा देखिने पक्ष हो, तर यसको जरा आर्थिक र सामाजिक परिवर्तनमा गहिरो रूपमा गाडिएको छ । १९९० को दशकपछि नेपालमा आएको आर्थिक उदारीकरण, शिक्षा विस्तार, वैदेशिक रोजगारी र शहरीकरणले समाजलाई गतिशील बनायो । त्यसपछि मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालले यो परिवर्तनलाई तीव्र बनायो ।
यसैले यो परिवर्तनलाई केवल “डिजिटल क्रान्ति” भनेर मात्र बुझ्न सकिँदैन; यो आर्थिक, सामाजिक र प्रविधिगत रूपान्तरणको संयुक्त परिणाम हो । जसले करिब दुई–तीन दशकमा नेपाली समाजको संरचना नै बदलिदिएको छ।

हिजोको समाज: नियन्त्रण र अनुशासनमा आधारित संरचना:

हिजोको समाजमा अभिभावक, शिक्षक र समाजका ठूला व्यक्तिहरू नै अन्तिम निर्णयकर्ता थिए । बालबालिका आज्ञाकारी हुनु नै गुण मानिन्थ्यो । अनुशासनको आधार डर थियो – पिटाइ, गाली र सामाजिक दबाब शिक्षाको हिस्सा थिए ।

यो केवल व्यवहार मात्र होइन, शक्ति – सन्तुलनको स्पष्ट संरचना थियो । ज्ञान र स्रोतमा पहुँच सीमित भएकाले साना पुस्ताले प्रश्न गर्ने अवसर पाउँदैनथे । यसले स्थायित्व त ल्यायो, तर स्वतन्त्र सोच र सिर्जनात्मकतालाई सीमित गर्‍यो ।

आजको समाज: संवाद, अभिव्यक्ति र स्वतन्त्रताको विस्तार:

आज बालबालिका र युवाहरू सूचना र ज्ञानमा पहुँचका कारण बढी सचेत भएका छन् । उनीहरू आफ्ना विचार खुला रूपमा राख्छन्, प्रश्न गर्छन् र आफ्नै निर्णय लिन खोज्छन् ।

यसले व्यवहारमा पनि परिवर्तन ल्याएको छ – अब बालबालिका केवल सुन्ने होइन, बोल्ने र सहभागी हुने भएका छन् । तर यससँगै धैर्यता घट्नु, तत्काल सन्तुष्टि खोज्नु (instant gratification), तुलना संस्कृति (comparative culture)को दबाब र मानसिक अस्थिरता जस्ता चुनौती पनि बढेका छन् । त्यसैले यो परिवर्तन सकारात्मक र चुनौतीपूर्ण दुवै पक्ष बोकेको छ ।

पारिवारिक सम्बन्ध: संरचना, कारण र बदलिँदो स्वरूप:

नेपाली समाजमा पारिवारिक सम्बन्धमा आएको परिवर्तन गहिरो र बहुआयामिक छ । हिजो संयुक्त परिवार, धेरै सन्तान र सामूहिक जीवनशैली सामान्य थियो । बच्चाहरू २४ सै घण्टा परिवारको निगरानीमा हुन्थे । अभिभावकसँग समय पनि हुन्थ्यो र सामाजिक नियन्त्रण पनि बलियो थियो ।

आजको अवस्था फरक छ । सन्तान संख्या घटेर १ वा २ मा सीमित भएको छ । यसको कारण आर्थिक योजना, शिक्षा खर्च, रोजगारीको दबाब र समय अभाव मुख्य कारण हुन् । अभिभावकहरू व्यस्त छन्, समय सीमित छ । त्यसैले बच्चासँग बिताउने समय कम भए पनि उनीहरूमा अत्यधिक माया, लगानी र ध्यान केन्द्रित गरिएको हुन्छ । त्यही कारण आजका अभिभावकहरू एक अर्थमा आफ्ना बच्चाहरूसंग हारिरहेका हुन्छन् ।

यसलाई अहिले “केन्द्रित – अभिभावकत्व”(Centered Parenting) भन्न सकिन्छ – जहाँ थोरै बच्चामा धेरै ध्यान दिइन्छ । तर यसले एउटा नयाँ अवस्था सिर्जना गरेको छ – बच्चाहरू भौतिक रूपमा सुरक्षित र सुविधा सम्पन्न भए पनि भावनात्मक रूपमा एकलोपन बढ्दो छ । यसरी पारिवारिक सम्बन्ध “सामूहिक नियन्त्रण” बाट “व्यक्तिगत केन्द्रित सम्बन्ध” मा रूपान्तरण भएको छ । जहाँ डिजिटल सम्बन्धहरू पनि कहिले त्यसको पुरक त कहिले समस्याको समानान्तर रूपमा विकसित भइरहेका छन् । त्यहीँ कारण आजको पारिवारिक सम्बन्ध र सन्तुलन पनि बदलिएको छ ।

शिक्षा क्षेत्र: पारिवारिक परिवर्तनको प्रभाव:

पारिवारिक संरचना र व्यवहारमा आएको परिवर्तनले शिक्षा क्षेत्रमा पनि गहिरो प्रभाव पारेको छ । हिजो अभिभावकले शिक्षकलाई पूर्ण अधिकार दिन्थे – बच्चालाई अनुशासनमा राख्न पिट्नसम्म अनुमति हुन्थ्यो । आज अभिभावकहरू सचेत भएका छन्, बच्चाको अधिकार र मनोविज्ञानलाई प्राथमिकता दिन्छन् । शिक्षक र अभिभावकबीचको सम्बन्ध पनि बदलिएको छ ।

शिक्षण विधि पनि परिवर्तन भएको छ – अब विद्यार्थीलाई केवल कण्ठ गराउने होइन, बुझ्ने, सोच्ने र सिर्जना गर्ने बनाउन जोड दिइन्छ । विद्यार्थीलाई केन्द्रमा राखेर पढाउने प्रणाली विकसित हुँदै गएको छ । यसरी पारिवारिक सम्बन्धमा आएको परिवर्तनले शिक्षा प्रणालीलाई पनि “डर आधारित” बाट “समझदारी र सहयोग आधारित” बनाएको छ । तर अझै एउटा कमजोरी देखिन्छ – जीवन सीप (life skills), भावनात्मक शिक्षा र आलोचनात्मक सोचको पर्याप्त विकास हुन सकेको छैन ।

आर्थिक संरचना र सामाजिक सम्बन्ध:

नेपालको अर्थतन्त्र अहिले वैदेशिक रोजगारी, सेवा क्षेत्र र शहरी अर्थतन्त्रमा आधारित छ । यसले आर्थिक अवसर त बढाएको छ, तर सामाजिक सम्बन्धमा नयाँ चुनौती पनि ल्याएको छ ।

वैदेशिक रोजगारीले आम्दानी बढाएको छ, तर परिवार टुक्रिएको छ । गाउँबाट शहर बसाइँसराइले अवसर दिएको छ, तर सामाजिक एकता कमजोर बनाएको छ । सम्बन्धहरू पनि क्रमशः भावनात्मकभन्दा उपयोगितामूलक हुँदै गएका छन् – जहाँ आवश्यकताअनुसारको निकटता मात्र कायम रहने प्रवृत्ति बढ्दो छ । उपभोग संस्कृतिले जीवनलाई सहज र सुविधायुक्त बनाएको भए पनि यसले मानवीय सम्बन्धको गहिराइ घटाउँदै लगेको छ, जसले दीर्घकालीन सामाजिक एकता र आत्मीयतामा असर पारिरहेको देखिन्छ ।

ऐतिहासिक रूपान्तरण: निर्भरता देखि विश्वव्यापी चेतनासम्म:

नेपाली समाजको विकासलाई हेर्दा  – यो दास निर्भरता र सामन्तीय संरचनाबाट सुरु भएर सहकार्यमा आधारित जीवनशैली हुँदै शहरीकरण र अन्ततः विश्वव्यापी सम्पर्कसम्म आइपुगेको छ । यस यात्रामा भौतिक पूर्वाधार र सेवाहरूले महत्वपूर्ण भूमिका खेल्यो । बाटोले गाउँलाई बजारसँग जोड्यो, बिजुलीले दैनिक जीवनशैलीमा परिवर्तन ल्यायो, प्रविधिले विश्वसँगको दूरी घटायो र शिक्षाले मानिसको सोच, चेतना र दृष्टिकोणलाई रूपान्तरण गर्‍यो ।

यसरी भएका परिवर्तनहरूले मानिसलाई केवल भौगोलिक सीमाबाट मात्र मुक्त बनाएनन्, बरु सोच, निर्णय र जीवनप्रतिको दृष्टिकोणमा समेत स्वतन्त्रता प्रदान गर्दै मानसिक रूपमा पनि स्वतन्त्र र नयाँ युगतर्फ अघि बढाएको छ ।

बदलिँदो युवा चेतना र राजनीतिक चुनौती:

आजको युवा पुस्ता व्यक्तिगत पहिचान, करियर र अवसरमा केन्द्रित छ । उसले परम्परागत ढाँचाभन्दा फरक सोच राख्छ । यहाँ एउटा महत्वपूर्ण विरोधाभास देखिन्छ – हिजोका राजनीतिक नेतृत्व आफैं आन्दोलन र राजनीतिक यात्राबाट आएका हुन्, तर आज उनीहरूले आफ्ना सन्तानलाई राजनीति होइन, अन्य पेशागत क्षेत्रमा लाग्न प्रेरित गर्छन् । यसले युवामा एउटा स्पष्ट सन्देश दिन्छ – राजनीति जोखिमपूर्ण र अस्थिर क्षेत्र हो ।

यसले गर्दा युवाहरू राजनीति प्रति आकर्षित नभई दूरी राख्न थालेका छन् । तर यसको अर्थ उनीहरू असचेत छैनन्; उनीहरू आफ्नो तरिकाले समाज र देशबारे सोचिरहेका छन् । उनीहरूलाई जोड्न परम्परागत भाषण होइन, उनीहरूको भाषा, माध्यम र सरोकार बुझ्ने नयाँ दृष्टिकोण आवश्यक छ ।

राजनीतिक दल किन असफल ?

राजनीतिक दलहरूले प्रायः पुरानो भाषा र शैली प्रयोग गर्छन्, जसले आजको युवासँग सान्दर्भिकता गुमाएको छ । त्यहाँ युवा केवल सक्रिय सहभागी नभई भीडको रूपमा मात्र हेर्ने प्रवृत्ति देखिन्छ, र क्षमता वा merit भन्दा सम्बन्ध र connection लाई प्राथमिकता दिइन्छ । स्पष्ट vision र दीर्घकालीन roadmap को अभाव, साथै digital platform को प्रयोग भए पनि त्यसको गहिरो समझ नहुँदा, युवा केवल असन्तुष्ट नभई विमुख र अविश्वासी बन्दै गएका छन् ।

समाज र परिवार किन बुझ्न असफल ?

यो बदलिएको आजको हाम्रो समाजमा पुरानो मापदण्डले नयाँ पुस्तालाई नाप्ने प्रयास जारी छ, जहाँ अभिभावक र समाजमा नियन्त्रण गर्ने प्रवृत्ति बढी छ र संवादको कमी छ । सुन्नुभन्दा निर्देशन दिने बानी, साथै डिजिटल पुस्तालाई पुरानो/परम्परागत तरिकाले बुझ्ने गर्दा युवा आफ्ना विचार, अनुभव र भावनासँग सम्बन्धित महसुस गर्न पाउँदैनन् । परिणामस्वरूप, युवा केवल नजिक छैनन्, बरु क्रमशः टाढिँदै गइरहेका छन् ।

अबको बाटो: सन्तुलन, संवाद र समझदारी:

आजको चुनौती यो परिवर्तनलाई हिजोकै सामाजिक सम्बन्ध र चरित्रको फ्रेमबाट हेरेर रोक्नु होइन, त्यसलाई सन्तुलित र समझदारीपूर्वक अघि बढाउनु हो ।

परिवारले नियन्त्रणमा मात्र ध्यान दिनुको सट्टा संवादलाई प्राथमिकता दिनु, बालबालिकासँग पर्याप्त समय बिताउनु, भावनात्मक रूपमा उपस्थित रहनु र डिजिटल प्रविधि र literacy सिकाउनु आवश्यक छ ।

शिक्षणमा विद्यार्थीलाई केवल जानकारी दिने होइन, आलोचनात्मक सोच (critical thinking), जीवन सीप (life skills) र discussion-based learning मार्फत सहभागी बनाउनु जरुरी छ । यसले बालबालिकालाई ज्ञान मात्र होइन, व्यवहारिक जीवनका चुनौती सामना गर्न सक्षम बनाउँछ ।

त्यस्तै – राजनीतिमा युवालाई केवल सहभागी होइन, निर्णयकर्ता (decision maker) को रूपमा सम्मान गर्नु जरुरी छ । स्पष्ट दृष्टि, पारदर्शी प्रणाली र अर्थपूर्ण डिजिटल संलग्नता को माध्यमबाट युवाको सक्रियता र भरोसा बढाउन सकिन्छ ।

यसरी परिवार, शिक्षा र राजनीति सबै क्षेत्रमा सन्तुलन कायम गर्दा समाज परिवर्तनलाई थप र उन्नत स्वरूपमा सकारात्मक दिशामा मोड्न सकिन्छ ।

निष्कर्ष:

यसरी हेर्दा नेपाली समाज बिग्रिएको होइन – रूपान्तरण भएको हो । यो रूपान्तरण आर्थिक विकास, शिक्षा विस्तार, सामाजिक सम्बन्धको नयाँ चेतना र प्रविधिको संयुक्त प्रभाव हो । हिजोको सामूहिक र नियन्त्रणमुखी संरचना आज व्यक्तिवादी र संवादमुखी संरचनामा बदलिँदै छ ।

समस्या युवामा होइन, हाम्रो बुझाइ समयअनुसार बदलिन नसक्नुमा छ । अबको प्रश्न परिवर्तनलाई अस्वीकार या नजरअन्दाज गर्ने होइन, त्यसलाई कसरी सन्तुलित, न्यायपूर्ण र मानवीय बनाउने भन्ने हो । यही बुझाइले भविष्यको समाजलाई दिशा दिन्छ । अन्ततः, समय, प्रविधि र पुस्ताको यही अन्तरसम्बन्धले भोलिको नेपालको सामाजिक, सांस्कृतिक र मानवीय स्वरूप निर्धारण गर्नेछ—र यही विषय अबको गहिरो अनुसन्धानको प्रमुख क्षेत्र बन्नुपर्छ ।

-२०८२ चैत्र २१ गते ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय