ट्रेन्डिङ

सुन र चाँदी दुवैको मूल्यमा गिरावट, नयाँ दर सार्वजनिक

फुटवेयर एसोसिएसनका पदाधिकारीसँग प्रधानमन्त्री शाहको संवाद आज

कोशीमा बाढीको जोखिम बढ्दै, सुनसरी प्रशासन उच्च सतर्कतामा

काठमाडौं उपत्यकामा परेको अविरल वर्षाका कारण विभिन्न सडक तथा बस्ती जलमग्न

मन्त्रिपरिषद्का सात निर्णय: मिटरब्याज वार्ता टोलीदेखि १ र २ रुपैयाँका नयाँ सिक्कासम्म

मुटुमा समस्या देखिएपछि अष्टलक्ष्मी शाक्य अस्पताल भर्ना, स्वास्थ्य अवस्था सामान्य

ग्यासको सहज आपूर्तिका लागि सात दिनभित्र अध्ययन प्रतिवेदन बुझाउन निर्देशन

मनसुन सक्रिय, मध्य र पश्चिम क्षेत्रमा भारी वर्षाको सम्भावना

सुन प्रतितोला २ लाख ८४ हजार ८०० रुपैयाँ पुग्यो

गोलभेँडाको मूल्य नपाएपछि किसानको सरकारविरुद्ध प्रदर्शन

नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु

बाढीपहिरोले देशभर ८ राजमार्ग अवरुद्ध, हुलाकी राजमार्ग पुनः सञ्चालनमा

बुटवलमा स्कुटर दुर्घटना, २१ वर्षीय चालकको मृत्यु

संसद् बैठकमा प्रधानमन्त्री बालेन र रवि लामिछानेको छोटो उपस्थिति

साना नदीमा बहाव बढ्ने चेतावनी, सातै प्रदेशमा सतर्क रहन आग्रह

सुन तोलामा १,२०० र चाँदी १५ रुपैयाँले सस्तो

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध, यात्रु र सवारीसाधन अलपत्र

प्रतिनिधिसभा बैठक सुरु, प्रतिपक्षको विरोधबीच सीमाविवादबारे सरकारको ध्यानाकर्षण

सम्पत्ति शुद्धीकरण प्रकरणः विष्णु पौडेलको थुना म्याद फेरि तीन दिन थप

मिडियालाई त्रसित बनाउने गतिविधिको छानबिन गर्न रास्वपाको माग

मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनः उमेश श्रेष्ठ र अर्जुन घिमिरेले पाए नियुक्तिपत्र

सामाजिक उद्यमशीलताको व्यवहारिक कार्यान्वयनमा जोड, गैससलाई आत्मनिर्भर बनाउनुपर्ने सुझाव

अश्लील इमेल पठाएर मानसिक तनाव दिएको आरोपमा एक जना पक्राउ

परराष्ट्रमन्त्री खनाल: ‘भानुभक्तले नेपाली भाषामार्फत विश्वभरका नेपालीलाई एकतामा बाँधे’

अभिनेत्री दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया, स्वास्थ्यमा सुधार

कांग्रेसको ‘जरा अभियान’ साउन ६ गते समापन हुने

ड्युटीका क्रममा बिरामी परेका प्रहरी जवान गणेश जोशीको उपचारकै क्रममा निधन

कतारका पूर्व अमिर शेख हमद बिन खलिफा अल थानीको निधन

महामन्त्री पौडेलद्वारा सरकारलाई दुई बुँदे सुझाव

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर सडकमा बर्खायाममा पनि सहज आवागमन

मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनमा, विद्युत् आपूर्ति थप भरपर्दो हुने

डा. जानकीकुमारी तुलाधरलाई कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी

भियतनाममा पर्यटक बोकेको डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका आश्विन राउतको निधन

बझाङ जीप दुर्घटनामा तीन जनाको ज्यान गयो

माकलबारीमा अक्सिजन सिलिन्डर विस्फोट, पैदलयात्रुको मृत्यु

रास्वपासँग स्पष्ट नीति, योजना र दृष्टिकोण नभएको एमाले महासचिव पोखरेलको आरोप

उपचारका क्रममा गणेश नेपालीको निधन

भागबण्डाको युग सकियो : गगन थापा

जबरजस्ती करणी मुद्दामा २८ वर्षदेखि फरार अभियुक्त संखुवासभाबाट पक्राउ

तनहुँको सेती नदीमा अज्ञात महिलाको शव फेला

इरानका पाँच प्रान्तमा अमेरिकी आक्रमण, १४ जनाको मृत्यु

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको २६औँ बैठक सम्पन्न, कोष सञ्चालन कार्यविधि स्वीकृत

प्रतिनिधिसभा बैठक सुरू, राष्ट्रिय सेवा दल विधेयकसहित विभिन्न प्रतिवेदन पेस हुँदै

हिमाली जिल्ला कालीकोटमा पनि डेंगी, औलो र कालाजारका बिरामी भेटिन थाले

बाल मन्दिरको जग्गा भाडा विवादमा तीन जना पक्राउ

घट्यो नेप्से

अखाद्य वस्तु बिक्री गरेको आरोपमा ‘जिरे खुर्सानी दरबार’लाई २ लाख ५ हजार रुपैयाँ जरिबाना

उदयपुरमा विद्युतको पोलमा काम गर्ने क्रममा करेन्ट लागेर प्राधिकरणका कर्मचारीको मृत्यु

कोशी प्रदेशको ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट प्रदेशसभाबाट पारित

प्रतिनिधिसभाबाट पर्यटन र राष्ट्र बैंक संशोधन विधेयक समितिमा पठाइयो

सुनसरीमा चाइनिज पेस्तोल र गोलीसहित दुई जना पक्राउ

समयमै नवीकरण नगर्दा ४४ निर्माण व्यवसायीको इजाजतपत्र खारेज

प्रधानमन्त्रीले बाेलाए मन्त्रिपरिषद् बैठक

सम्पत्ति शुद्धीकरण विभागद्वारा जयवीर देउवालाई ७ दिनभित्र उपस्थित हुन सूचना

तुलसी बहुउद्देश्यीय सहकारीका ३७७ ऋणीको नाम सार्वजनिक, ऋण चुक्ता गर्न समितिको आग्रह

सुन तोलामा १,४०० र चाँदीमा ३० रुपैयाँ घट्यो

गृहमन्त्री सुदन गुरुङद्वारा झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रको अनुगमन

स्वास्थ्यमा रु ९६ अर्बभन्दा बढी बजेट, मौलिक हक कार्यान्वयनमा सरकार प्रतिबद्ध

चीनले आणविक पनडुब्बीबाट क्षेप्यास्त्र परीक्षण गर्दा जापान, अस्ट्रेलिया र न्युजिल्यान्ड चिन्तित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारका लागि जापानबाट २.६८ अर्ब रुपैयाँ अनुदान लिने तयारी

नयाँ बसपार्कमा मानव बेचबिखन र लागुऔषधविरुद्ध सप्ताहव्यापी अभियान सुरु

सुन–चाँदी दुवैको मूल्य घट्यो

‘कसैले पनि प्रेस स्वतन्त्रताको हनन गर्न सक्दैन, सरकार संवादका लागि सधैं तयार छ’ : सञ्चारमन्त्री तिमिल्सिना

कङ्गोमा इबोला महामारी भयावह, सङ्क्रमित १,५२८ र मृत्यु ४९२ पुग्यो

३९औँ दीक्षान्त समारोह: केयूबाट थप १,५२७ विद्यार्थी स्नातक

नेपाल–अष्ट्रेलिया सहकार्य विस्तारमा जोड, छात्रवृत्ति र डिजिटल नेपालमा सहयोगको अपेक्षा

सेयर बजारमा ४४ अंकको वृद्धि

समयमै बजेट पेश नगर्ने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण

देश प्रतिगामी वा फासीवादी बाटोमा जान सक्दैन : केपी ओली

जर्मनीको बाल कल्याण केन्द्रमा गोली प्रहार, ६ जनाको मृत्यु

मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो : राष्ट्रपति पौडेल

भोजपुरमा सडक अनुगमनमा गएका प्राविधिकमाथि कुटपिट, ६ जना नियन्त्रणमा

कान्ति लोकपथमा दुई रात यात्रा नगर्न प्रशासनको आग्रह, भारी वर्षाको जोखिम

विदेशी आवासीय अनुमति लिएर कार्यालयमा अनुपस्थित ४ कर्मचारीसँग स्पष्टीकरण, सेवाबाट अयोग्य ठहरिने चेतावनी

राष्ट्र बैंकद्वारा ३५ अर्ब रुपैयाँको ऋणपत्र जारी

कैलालीमा साढे ३ किलोभन्दा बढी चरेससहित तीन जना पक्राउ

काम र व्यवहारप्रति थप जिम्मेवार बन्न सांसदलाई सभामुखको सुझाव

राष्ट्रपति पौडेलको आह्वान: बाँझो जमिनको अन्त्य गरी कृषिको आधुनिकीकरण गरौँ

जुम्ला अस्पतालमा चिकित्सकमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ

विश्वकप हेर्न अमेरिका पुगे अनमोल केसी, मेस्सीको पक्षमा गरे हुटिङ

प्रतिनिधिसभाबाट आर्थिक विधेयक–२०८३ बहुमतले पारित

बढ्यो सुनचाँदीको मूल्य

राज्यले पनि गल्ती गरे जरिवाना तिर्नुपर्छ : सांसद ज्ञानबहादुर शाही

रास्वपाको महाधिवेशन दस्ताबेजले गणतन्त्र कमजोर पार्न खोजेको नेकपाको आरोप

प्रचण्ड, माधव नेपाल र डा. शेखर कोइरालाबीच विराटनगरमा भेटवार्ता

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा असार १६ गते सुनुवाइ

रास्वपाका कविन्द्र बुर्लाकोटीले महामन्त्री पदको उम्मेदवारी फिर्ता लिए

ललितपुरमा सुरु भएको घरमै राहदानी सेवा लोकप्रिय बन्दै

रास्वपा केन्द्रीय सदस्यमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको उम्मेदवारी

दुई सातादेखि वर्षा नहुँदा पश्चिम नवलपरासीमा खडेरी, धानका बिरुवा सुक्न थालेपछि किसान चिन्तित

भोलि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित

हुम्लामा जीप दुर्घटना, चार जना घाइते

सुन ३ हजार ६ सय र चाँदी १०५ रुपैयाँले घट्यो

परराष्ट्र मन्त्रालयले सार्वजनिक गर्‍यो जेठ महिनाका ४९ उपलब्धि, भारत–चीन भ्रमणदेखि राहदानी सेवासम्म समेटियो

नेप्से २६.१६ अंकले घट्यो, ४ अर्ब ३६ करोड रुपैयाँको शेयर कारोबार

रास्वपामा नेतृत्व चयनका लागि कडा मापदण्ड, सभापति उम्मेदवारलाई ५१ समर्थक अनिवार्य

हरेक रिटमा प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाउने प्रवृत्तिप्रति असन्तुष्टि

अशोक राईद्वारा ‘समाजवादी पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

रास्वपाको बन्दसत्र आज दिउँसो २ बजेदेखि सुरु हुने

प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

भुमिका:
पछिल्ला दुई – तीन दशकमा नेपाली समाजले देखेको परिवर्तन केवल विकासका सूचकांकमा सीमित छैन । यो परिवर्तन हाम्रो जीवनशैली, सम्बन्ध, सोच र व्यवहारको गहिराइसम्म पुगेको छ । बाटो, बिजुली, शिक्षा, वैदेशिक रोजगारी र प्रविधिको विस्तारले समाजलाई केवल बाहिरबाट होइन, भित्रैबाट रूपान्तरण गरिरहेको छ ।

हिजोको समाज जहाँ नियन्त्रण, परम्परा र सामूहिकता मुख्य आधार थिए, आज त्यही समाज संवाद, विकल्प र व्यक्तिवादतर्फ सर्दै गएको छ। यो परिवर्तन कुनै एक कारणले होइन – आर्थिक विकास, सामाजिक चेतना, शिक्षा विस्तार र प्रविधिको संयुक्त प्रभावबाट भएको दीर्घकालीन रूपान्तरण हो । त्यसैले आजको समाजलाई बुझ्न “के बिग्रियो ?” भन्दा “के बदलियो र किन बदलियो ?” भन्ने प्रश्न बढी सान्दर्भिक हुन्छ ।

यही सन्दर्भमा एउटा थप प्रश्न उठ्छ – परिवर्तनलाई बुझ्न नसक्दा – आज हामी, हाम्रो परिवार र राजनीतिक संरचना किन युवासँग टाढिँदै गइरहेका  छौ ?

परिवर्तनको आधार: समग्र विकासको संयुक्त प्रभाव :

प्रविधि आजको परिवर्तनको सबैभन्दा देखिने पक्ष हो, तर यसको जरा आर्थिक र सामाजिक परिवर्तनमा गहिरो रूपमा गाडिएको छ । १९९० को दशकपछि नेपालमा आएको आर्थिक उदारीकरण, शिक्षा विस्तार, वैदेशिक रोजगारी र शहरीकरणले समाजलाई गतिशील बनायो । त्यसपछि मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालले यो परिवर्तनलाई तीव्र बनायो ।
यसैले यो परिवर्तनलाई केवल “डिजिटल क्रान्ति” भनेर मात्र बुझ्न सकिँदैन; यो आर्थिक, सामाजिक र प्रविधिगत रूपान्तरणको संयुक्त परिणाम हो । जसले करिब दुई–तीन दशकमा नेपाली समाजको संरचना नै बदलिदिएको छ।

हिजोको समाज: नियन्त्रण र अनुशासनमा आधारित संरचना:

हिजोको समाजमा अभिभावक, शिक्षक र समाजका ठूला व्यक्तिहरू नै अन्तिम निर्णयकर्ता थिए । बालबालिका आज्ञाकारी हुनु नै गुण मानिन्थ्यो । अनुशासनको आधार डर थियो – पिटाइ, गाली र सामाजिक दबाब शिक्षाको हिस्सा थिए ।

यो केवल व्यवहार मात्र होइन, शक्ति – सन्तुलनको स्पष्ट संरचना थियो । ज्ञान र स्रोतमा पहुँच सीमित भएकाले साना पुस्ताले प्रश्न गर्ने अवसर पाउँदैनथे । यसले स्थायित्व त ल्यायो, तर स्वतन्त्र सोच र सिर्जनात्मकतालाई सीमित गर्‍यो ।

आजको समाज: संवाद, अभिव्यक्ति र स्वतन्त्रताको विस्तार:

आज बालबालिका र युवाहरू सूचना र ज्ञानमा पहुँचका कारण बढी सचेत भएका छन् । उनीहरू आफ्ना विचार खुला रूपमा राख्छन्, प्रश्न गर्छन् र आफ्नै निर्णय लिन खोज्छन् ।

यसले व्यवहारमा पनि परिवर्तन ल्याएको छ – अब बालबालिका केवल सुन्ने होइन, बोल्ने र सहभागी हुने भएका छन् । तर यससँगै धैर्यता घट्नु, तत्काल सन्तुष्टि खोज्नु (instant gratification), तुलना संस्कृति (comparative culture)को दबाब र मानसिक अस्थिरता जस्ता चुनौती पनि बढेका छन् । त्यसैले यो परिवर्तन सकारात्मक र चुनौतीपूर्ण दुवै पक्ष बोकेको छ ।

पारिवारिक सम्बन्ध: संरचना, कारण र बदलिँदो स्वरूप:

नेपाली समाजमा पारिवारिक सम्बन्धमा आएको परिवर्तन गहिरो र बहुआयामिक छ । हिजो संयुक्त परिवार, धेरै सन्तान र सामूहिक जीवनशैली सामान्य थियो । बच्चाहरू २४ सै घण्टा परिवारको निगरानीमा हुन्थे । अभिभावकसँग समय पनि हुन्थ्यो र सामाजिक नियन्त्रण पनि बलियो थियो ।

आजको अवस्था फरक छ । सन्तान संख्या घटेर १ वा २ मा सीमित भएको छ । यसको कारण आर्थिक योजना, शिक्षा खर्च, रोजगारीको दबाब र समय अभाव मुख्य कारण हुन् । अभिभावकहरू व्यस्त छन्, समय सीमित छ । त्यसैले बच्चासँग बिताउने समय कम भए पनि उनीहरूमा अत्यधिक माया, लगानी र ध्यान केन्द्रित गरिएको हुन्छ । त्यही कारण आजका अभिभावकहरू एक अर्थमा आफ्ना बच्चाहरूसंग हारिरहेका हुन्छन् ।

यसलाई अहिले “केन्द्रित – अभिभावकत्व”(Centered Parenting) भन्न सकिन्छ – जहाँ थोरै बच्चामा धेरै ध्यान दिइन्छ । तर यसले एउटा नयाँ अवस्था सिर्जना गरेको छ – बच्चाहरू भौतिक रूपमा सुरक्षित र सुविधा सम्पन्न भए पनि भावनात्मक रूपमा एकलोपन बढ्दो छ । यसरी पारिवारिक सम्बन्ध “सामूहिक नियन्त्रण” बाट “व्यक्तिगत केन्द्रित सम्बन्ध” मा रूपान्तरण भएको छ । जहाँ डिजिटल सम्बन्धहरू पनि कहिले त्यसको पुरक त कहिले समस्याको समानान्तर रूपमा विकसित भइरहेका छन् । त्यहीँ कारण आजको पारिवारिक सम्बन्ध र सन्तुलन पनि बदलिएको छ ।

शिक्षा क्षेत्र: पारिवारिक परिवर्तनको प्रभाव:

पारिवारिक संरचना र व्यवहारमा आएको परिवर्तनले शिक्षा क्षेत्रमा पनि गहिरो प्रभाव पारेको छ । हिजो अभिभावकले शिक्षकलाई पूर्ण अधिकार दिन्थे – बच्चालाई अनुशासनमा राख्न पिट्नसम्म अनुमति हुन्थ्यो । आज अभिभावकहरू सचेत भएका छन्, बच्चाको अधिकार र मनोविज्ञानलाई प्राथमिकता दिन्छन् । शिक्षक र अभिभावकबीचको सम्बन्ध पनि बदलिएको छ ।

शिक्षण विधि पनि परिवर्तन भएको छ – अब विद्यार्थीलाई केवल कण्ठ गराउने होइन, बुझ्ने, सोच्ने र सिर्जना गर्ने बनाउन जोड दिइन्छ । विद्यार्थीलाई केन्द्रमा राखेर पढाउने प्रणाली विकसित हुँदै गएको छ । यसरी पारिवारिक सम्बन्धमा आएको परिवर्तनले शिक्षा प्रणालीलाई पनि “डर आधारित” बाट “समझदारी र सहयोग आधारित” बनाएको छ । तर अझै एउटा कमजोरी देखिन्छ – जीवन सीप (life skills), भावनात्मक शिक्षा र आलोचनात्मक सोचको पर्याप्त विकास हुन सकेको छैन ।

आर्थिक संरचना र सामाजिक सम्बन्ध:

नेपालको अर्थतन्त्र अहिले वैदेशिक रोजगारी, सेवा क्षेत्र र शहरी अर्थतन्त्रमा आधारित छ । यसले आर्थिक अवसर त बढाएको छ, तर सामाजिक सम्बन्धमा नयाँ चुनौती पनि ल्याएको छ ।

वैदेशिक रोजगारीले आम्दानी बढाएको छ, तर परिवार टुक्रिएको छ । गाउँबाट शहर बसाइँसराइले अवसर दिएको छ, तर सामाजिक एकता कमजोर बनाएको छ । सम्बन्धहरू पनि क्रमशः भावनात्मकभन्दा उपयोगितामूलक हुँदै गएका छन् – जहाँ आवश्यकताअनुसारको निकटता मात्र कायम रहने प्रवृत्ति बढ्दो छ । उपभोग संस्कृतिले जीवनलाई सहज र सुविधायुक्त बनाएको भए पनि यसले मानवीय सम्बन्धको गहिराइ घटाउँदै लगेको छ, जसले दीर्घकालीन सामाजिक एकता र आत्मीयतामा असर पारिरहेको देखिन्छ ।

ऐतिहासिक रूपान्तरण: निर्भरता देखि विश्वव्यापी चेतनासम्म:

नेपाली समाजको विकासलाई हेर्दा  – यो दास निर्भरता र सामन्तीय संरचनाबाट सुरु भएर सहकार्यमा आधारित जीवनशैली हुँदै शहरीकरण र अन्ततः विश्वव्यापी सम्पर्कसम्म आइपुगेको छ । यस यात्रामा भौतिक पूर्वाधार र सेवाहरूले महत्वपूर्ण भूमिका खेल्यो । बाटोले गाउँलाई बजारसँग जोड्यो, बिजुलीले दैनिक जीवनशैलीमा परिवर्तन ल्यायो, प्रविधिले विश्वसँगको दूरी घटायो र शिक्षाले मानिसको सोच, चेतना र दृष्टिकोणलाई रूपान्तरण गर्‍यो ।

यसरी भएका परिवर्तनहरूले मानिसलाई केवल भौगोलिक सीमाबाट मात्र मुक्त बनाएनन्, बरु सोच, निर्णय र जीवनप्रतिको दृष्टिकोणमा समेत स्वतन्त्रता प्रदान गर्दै मानसिक रूपमा पनि स्वतन्त्र र नयाँ युगतर्फ अघि बढाएको छ ।

बदलिँदो युवा चेतना र राजनीतिक चुनौती:

आजको युवा पुस्ता व्यक्तिगत पहिचान, करियर र अवसरमा केन्द्रित छ । उसले परम्परागत ढाँचाभन्दा फरक सोच राख्छ । यहाँ एउटा महत्वपूर्ण विरोधाभास देखिन्छ – हिजोका राजनीतिक नेतृत्व आफैं आन्दोलन र राजनीतिक यात्राबाट आएका हुन्, तर आज उनीहरूले आफ्ना सन्तानलाई राजनीति होइन, अन्य पेशागत क्षेत्रमा लाग्न प्रेरित गर्छन् । यसले युवामा एउटा स्पष्ट सन्देश दिन्छ – राजनीति जोखिमपूर्ण र अस्थिर क्षेत्र हो ।

यसले गर्दा युवाहरू राजनीति प्रति आकर्षित नभई दूरी राख्न थालेका छन् । तर यसको अर्थ उनीहरू असचेत छैनन्; उनीहरू आफ्नो तरिकाले समाज र देशबारे सोचिरहेका छन् । उनीहरूलाई जोड्न परम्परागत भाषण होइन, उनीहरूको भाषा, माध्यम र सरोकार बुझ्ने नयाँ दृष्टिकोण आवश्यक छ ।

राजनीतिक दल किन असफल ?

राजनीतिक दलहरूले प्रायः पुरानो भाषा र शैली प्रयोग गर्छन्, जसले आजको युवासँग सान्दर्भिकता गुमाएको छ । त्यहाँ युवा केवल सक्रिय सहभागी नभई भीडको रूपमा मात्र हेर्ने प्रवृत्ति देखिन्छ, र क्षमता वा merit भन्दा सम्बन्ध र connection लाई प्राथमिकता दिइन्छ । स्पष्ट vision र दीर्घकालीन roadmap को अभाव, साथै digital platform को प्रयोग भए पनि त्यसको गहिरो समझ नहुँदा, युवा केवल असन्तुष्ट नभई विमुख र अविश्वासी बन्दै गएका छन् ।

समाज र परिवार किन बुझ्न असफल ?

यो बदलिएको आजको हाम्रो समाजमा पुरानो मापदण्डले नयाँ पुस्तालाई नाप्ने प्रयास जारी छ, जहाँ अभिभावक र समाजमा नियन्त्रण गर्ने प्रवृत्ति बढी छ र संवादको कमी छ । सुन्नुभन्दा निर्देशन दिने बानी, साथै डिजिटल पुस्तालाई पुरानो/परम्परागत तरिकाले बुझ्ने गर्दा युवा आफ्ना विचार, अनुभव र भावनासँग सम्बन्धित महसुस गर्न पाउँदैनन् । परिणामस्वरूप, युवा केवल नजिक छैनन्, बरु क्रमशः टाढिँदै गइरहेका छन् ।

अबको बाटो: सन्तुलन, संवाद र समझदारी:

आजको चुनौती यो परिवर्तनलाई हिजोकै सामाजिक सम्बन्ध र चरित्रको फ्रेमबाट हेरेर रोक्नु होइन, त्यसलाई सन्तुलित र समझदारीपूर्वक अघि बढाउनु हो ।

परिवारले नियन्त्रणमा मात्र ध्यान दिनुको सट्टा संवादलाई प्राथमिकता दिनु, बालबालिकासँग पर्याप्त समय बिताउनु, भावनात्मक रूपमा उपस्थित रहनु र डिजिटल प्रविधि र literacy सिकाउनु आवश्यक छ ।

शिक्षणमा विद्यार्थीलाई केवल जानकारी दिने होइन, आलोचनात्मक सोच (critical thinking), जीवन सीप (life skills) र discussion-based learning मार्फत सहभागी बनाउनु जरुरी छ । यसले बालबालिकालाई ज्ञान मात्र होइन, व्यवहारिक जीवनका चुनौती सामना गर्न सक्षम बनाउँछ ।

त्यस्तै – राजनीतिमा युवालाई केवल सहभागी होइन, निर्णयकर्ता (decision maker) को रूपमा सम्मान गर्नु जरुरी छ । स्पष्ट दृष्टि, पारदर्शी प्रणाली र अर्थपूर्ण डिजिटल संलग्नता को माध्यमबाट युवाको सक्रियता र भरोसा बढाउन सकिन्छ ।

यसरी परिवार, शिक्षा र राजनीति सबै क्षेत्रमा सन्तुलन कायम गर्दा समाज परिवर्तनलाई थप र उन्नत स्वरूपमा सकारात्मक दिशामा मोड्न सकिन्छ ।

निष्कर्ष:

यसरी हेर्दा नेपाली समाज बिग्रिएको होइन – रूपान्तरण भएको हो । यो रूपान्तरण आर्थिक विकास, शिक्षा विस्तार, सामाजिक सम्बन्धको नयाँ चेतना र प्रविधिको संयुक्त प्रभाव हो । हिजोको सामूहिक र नियन्त्रणमुखी संरचना आज व्यक्तिवादी र संवादमुखी संरचनामा बदलिँदै छ ।

समस्या युवामा होइन, हाम्रो बुझाइ समयअनुसार बदलिन नसक्नुमा छ । अबको प्रश्न परिवर्तनलाई अस्वीकार या नजरअन्दाज गर्ने होइन, त्यसलाई कसरी सन्तुलित, न्यायपूर्ण र मानवीय बनाउने भन्ने हो । यही बुझाइले भविष्यको समाजलाई दिशा दिन्छ । अन्ततः, समय, प्रविधि र पुस्ताको यही अन्तरसम्बन्धले भोलिको नेपालको सामाजिक, सांस्कृतिक र मानवीय स्वरूप निर्धारण गर्नेछ—र यही विषय अबको गहिरो अनुसन्धानको प्रमुख क्षेत्र बन्नुपर्छ ।

-२०८२ चैत्र २१ गते ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय