काठमाडौँ :- कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह तिलौराकोट सामुदायिक जंगलमा मृत भेटिएका छन् ।
शुक्रबारदेखि सम्पर्कविहीन भएका ६५ वर्षीय सिंहको शव निरन्तर खोजी गर्ने क्रममा आइतबार जंगलमा भेटिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
उनले प्रयोग गरेको मोटरसाइकल शनिबार भेटिएपनि उनको अवस्था भने अज्ञात नै थियो। तर प्रहरीसहितको टोलीले आइतबार उनको शब मोटरसाइकल नजिकै फेला पारेको हो।












