काठमाडौं :- आज नेप्से परिसूचक ०.५५ अंकले बढेर २ हजार ६४२ अंकमा कायम भएको छ। अघिल्लो दिन नेप्से ०.७९ अंकले बढेको थियो।
आज १०२ कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रह्यो। समग्र बजार परिसूचक सामान्य बढे पनि कारोबार रकम घटेर ३ अर्ब ५३ करोड रुपैयाँमा सीमित भएको छ।
समूहतर्फ लगानी समूह २.२१ प्रतिशतले बढ्दा बैंकिङ, फाइनान्स तथा होटल तथा पर्यटन समूह पनि बढेका छन्। हाइड्रोपावर समूहमा सबैभन्दा धेरै १ अर्ब ५५ करोड रुपैयाँको कारोबार भएको छ।












