सुर्खेत :- छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१, बांगिरहनजिकै बुधबार दिउँसो जिप भेरी नदीमा खसेको छ।
लु १ ज ३०२२ नम्बरको जिप बालुवासङ्ग्रीबाट सल्लीबजारतर्फ फर्किने क्रममा अनियन्त्रित भई सडकबाट भेरी नदीमा खसेको प्रहरीले जनाएको छ।
जिपमा सवार दुई जना बेपत्ता भएका छन् भने अन्य दुई जना घाइते भएका छन्। घटनापछि प्रहरी टोली घटनास्थलमा परिचालन गरी जिप तथा बेपत्ता यात्रुको खोजी भइरहेको छ।












