काठमाडौँ :- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै समुदायको न्यायपूर्ण प्रतिनिधित्व र सम्मानपूर्ण सहभागिताबाट मात्रै समावेशी लोकतन्त्र, सामाजिक न्याय र सुदृढ राष्ट्र निर्माण गर्न सकिने बताएका छन्।
विश्व आदिवासी दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले विविधताको सम्मान र समान अधिकारबिना राष्ट्रिय एकता बलियो हुन नसक्ने बताए।
जनसङ्घर्षबाट प्राप्त समावेशी, समानुपातिक तथा सहभागितामूलक अधिकारको संरक्षण गर्दै बाँकी अधिकार प्राप्तिको संघर्षलाई अझ सशक्त बनाउनुपर्नेमा पनि प्रचण्डले जोड दिएका छन्।












