काठमाडौं :- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले बजारमा देखिएको खाना पकाउने ग्यासको अभावप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
बुधबारको राष्ट्रियसभा बैठकमा सांसदहरूले ग्यासको चरम अभावका कारण उपभोक्ता मर्कामा परेको विषय निरन्तर उठाएपछि अध्यक्ष दाहालले सरकारका नाममा रुलिङ गरेका हुन्। उनले बजारमा ग्यासको सहज आपूर्ति तथा बिक्री–वितरणको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएका छन्।












