ट्रेन्डिङ

‘देशभन्दा माथि पार्टी, जाति र धर्म हुँदैन’– संसद्मा हर्क साम्पाङ

मुस्ताङमा पाँच वर्षमा लेक लागेर ५८ पर्यटकको मृत्यु, अधिकांश भारतीय

सांसद सुधन गुरुङमाथि छानबिनका लागि थप पाँच दिन म्याद

सभापति लामिछाने र भाजपाका राष्ट्रिय अध्यक्ष नवीनबीच भेटवार्ता

सगरमाथा १० पटक आरोहण गरेका सांसद मिङ्मा ग्याबु शेर्पा सम्मानित

मलेसियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध

पाँचदिने भारत भ्रमणमा रवि लामिछाने, उच्चस्तरीय भेटघाट गर्ने

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति झलनाथ खनालको आपत्ति, ‘राष्ट्रविरोधी टिप्पणी स्वीकार्य छैन’

कान्तिलोकपथमा ट्रक दुर्घटना, चालकको मृत्यु

डडेलधुरामा सशस्त्र प्रहरी जवानसहित दुई जना बेपत्ता, महाकाली किनारमा ट्युब फेला

विगतका सबै आन्दोलनसम्बन्धी प्रतिवेदन अध्ययन गरिने : प्रधानमन्त्री बालेन शाह

कुशल भुर्तेलको विस्फोटक शतक, चीनलाई नेपालले दियो ३१४ रनको लक्ष्य

दुवाकोटमा ४ दिने प्राथमिक उपचार तालिम सम्पन्न, २३ जना प्रशिक्षित स्वयंसेवक तयार

बजेटबारे अर्थमन्त्री वाग्लेले आज सञ्चारकर्मीसँग अन्तरक्रिया गर्ने

भारतको कुशीनगरबाट ४५३ नेपालीको उद्धार, बेलहिया नाका हुँदै स्वदेश फिर्ता

अछाम दुर्घटनाः उपचारका क्रममा दुई जनाको मृत्यु

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः विभिन्न प्रदेशमा वर्षा जारी

निर्बाचित क्षेत्रबाट दिनुपर्ने सेवा काठमाडौबाट सुरु, बदन भण्डारीको सचिवालयमाथि प्रश्न।

बजेट २०८३/८४ः यस्ता छन् नयाँ नारा, कार्यक्रम र घोषणा

कर्मचारीको तलब–भत्तामा वृद्धि, कुल वृद्धि २१ प्रतिशतसम्म हुने

आज बजेट सार्वजनिक हुँदै

आज गणतन्त्र दिवस मनाइँदै

स्वदेशमै उच्च शिक्षा रोज्ने विद्यार्थीको सङ्ख्या बढ्यो

उल्लासका साथ मनाइँदै बकर इद, देशभरका मस्जिदमा श्रद्धालुको भीड

भैरहवामा पौडी खेल्ने क्रममा डुबेर दुई विद्यार्थीको मृत्यु

नेपाल–भूटान स्वास्थ्यमन्त्रीबीच भेटवार्ता, स्वास्थ्य सहकार्य सुदृढ गर्ने समझदारी

आर्थिक सर्वेक्षण सर्वजनिक हुँदै

अन्डाको मूल्य फेरि बढ्यो, एक्सएल अन्डा प्रतिक्रेट ५४५ रुपैयाँ पुग्यो

जीवनस्तर सुधार र सुशासनमा सरकार केन्द्रित : प्रधानमन्त्री वालेन्द्र शाह

ग्रामीण दूरसञ्चार कोषको रकम तत्काल परिचालन गर्न महावीर पुनको माग

नेपाल आउँदै अमेरिकी उपविदेशमन्त्री रोजर्स

सप्तकोशी नदीको टापुबाट ४ सय ७५ केजी गाँजा बरामद

ईयूआबद्ध देशका राजदूतसँग प्रधानमन्त्री शाहको आज सामूहिक भेट

उदयपुरमा विषाक्त खाना खाँदा एउटै परिवारका चार बिरामी, एकको अवस्था गम्भीर

बजारमा आलुको मूल्य बढ्यो, रातो लाम्चो आलु प्रतिकिलो ३२ रुपैयाँ

सभामुख अर्याल र उपराष्ट्रपति यादवबीच समसामयिक राजनीतिक विषयमा छलफल

१० महिनामा घरजग्गा कारोबारबाट ४३ अर्बभन्दा बढी राजस्व संकलन

एसियन गेम्स क्वालिफायरका लागि दीपेन्द्र ऐरीको कप्तानीमा नेपाली टोली घोषणा

प्रविधिमैत्री कानुन निर्माण आवश्यक: सभामुख डोलप्रसाद अर्याल

धादिङ खानीमा ढुङ्गा खस्दा टिपर चालकको मृत्यु

चितवन निकुञ्जमा बाह्य पर्यटक घटे, आन्तरिक पर्यटक भने बढे

पूर्वाधार विकास समितिको निर्देशन: विकास अवरोध हटाउन र मूल्यवृद्धि समस्या तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह

वैशाखमा देशभर १,०५६ लागुऔषध कारोबारमा संलग्न पक्राउ, ठूलो परिमाणमा बरामद

रास्वपा सभापति रवि लामिछानेले कोसी र मधेस प्रदेशका सांसदसँग छलफल गर्दै

भारतमा गर्मी बढेसँगै विद्युत् मागले नयाँ कीर्तिमान बनायो

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदै

प्रधानमन्त्री संसद्मा नआएकै कारण आफू दबाबमा नभएको रवि लामिछानेको प्रष्टोक्ति

साफ महिला च्याम्पियनसिपका लागि टोली बिदाइ, खेलाडी सम्मानमा सरकार प्रतिबद्ध : मन्त्री पोखरेल

बाल अधिकार परिषद् खारेज गर्ने निर्णय फिर्ता लिन इन्दिरा रानामगरको माग

ठमेलमा पर्यटक र सर्वसाधारणलाई हैरानी दिने ९ विदेशी नागरिक पक्राउ

‘संसद्मा कराएर मात्रै बाँदर आतंक हट्दैन’ : महावीर पुन

फेवातालमा डुबेर युवकको मृत्यु

हुम्ला–बाजुरा सीमा विवाद तत्काल समाधान गर्न सांसदहरूको माग

रुशिल उगारकरको उत्कृष्ट बलिङमा अमेरिकाको विजय

रूबी खान र सरकारबीच सहमति, न्यायिक प्रक्रिया अघि बढाइने

नेपालगञ्ज–पोखरा सिधा उडान अस्थायी रूपमा बन्द, यात्रु र पर्यटन व्यवसायी निराश

प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीको विरोध जारी, हर्क साम्पाङलाई सभामुखको रुलिङ

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा १९ जनाको आवेदन

प्रधान न्यायाधीश मनोजकुमार शर्माले आजै शपथ लिने

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

राष्ट्रियसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल

नेप्से ६.५१ अंकले घट्यो, कारोबार ३ अर्ब ८ करोड नाघ्यो

रास्वपा सांसद निशा डाँगीको माग: पाँच वर्षमा लागूऔषध प्रयोग शून्य बनाऔं

सुन तोलामा ५०० रुपैयाँले महँगियो, चाँदीको मूल्य पनि बढ्यो

प्रतिनिधिसभामा लगातार दोस्रो दिन श्रम संस्कृति पार्टीको विरोध प्रदर्शन

जेनजी आन्दोलन छानबिन प्रतिवेदन सार्वजनिक गर्न कांग्रेस सांसद केसीको माग

बेनी बजारमा म्याग्दी नदी कटान नियन्त्रणका लागि पक्की पर्खाल निर्माण सम्पन्न

कामु प्रधानन्यायाधीश मल्लद्वारा रिट दर्ता गर्न आदेश

संसदमा किसानदेखि वैदेशिक रोजगारीसम्मका विषय उठे, मल–बीउ समयमै उपलब्ध गराउन माग

युरो, पाउण्ड र डलरसहित प्रमुख मुद्राको नयाँ विनिमयदर निर्धारण

ग्लोबल क्वालिफायरको आशा कायम राख्न नेपाललाई आज जित अनिवार्य

२४ कम्पनीलाई आइपिओ अनुमति, ९ अर्बभन्दा बढीको साधारण शेयर बिक्री स्वीकृत

विद्यादेवी भण्डारीद्वारा जनताको विश्वास नै राजनीतिक शक्तिको आधार भएको उल्लेख

‘प्रधानमन्त्रीले नियतवश संसद्को अवहेलना गरे’ : प्रदीप पौडेल

नवलपुरमा कार दुर्घटना हुँदा चालकको मृत्यु

सुनको भाउ ओरालो, चाँदीमा पनि गिरावट

स्थानीय तहले २५ वर्षपछिको पुस्ताले सम्झिने काम गर्नुपर्छ : मन्त्री शिशिर खनाल

२४ घण्टामा दुई हजार बढी चालक ट्राफिक कारबाहीमा

मदन–आश्रितको योगदान अविस्मरणीय : माधव नेपाल

नीति तथा कार्यक्रमको बहस अपर्याप्त, सरकार गरिब जनतासम्म पुग्न सकेन : भीष्मराज आङ्देम्बे

प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरी धम्की दिने व्यक्तिमाथि कारबाही प्रक्रिया अघि बढ्यो

मुस्ताङमा चार वर्षमा वन्यजन्तुको आक्रमणबाट २३९ पशुधन क्षति

परराष्ट्र मन्त्रालयद्वारा ‘ग्रीष्मकालीन इन्टर्नसिप २०२६’ सुरु

जंगली च्याउ खाँदा एउटै परिवारका तीन बालबालिका बिरामी

प्रशासनिक खर्च कटौती गर्न लुम्बिनी प्रदेश सरकारको मन्त्रालय घटाउने निर्णय

स्मार्ट टेलिकम सम्पत्ति बिक्री प्रकरणमा सीआईबीको अनुसन्धान तीव्र, एनसेल कार्यालयबाट कागजात नियन्त्रणमा

नीति तथा कार्यक्रम बहसमा सांसदहरूको प्रश्न — युवाको अपेक्षा र समृद्धिको मार्ग कहाँ ?

विद्युत् नियमन आयोगका पदाधिकारी छनोटका लागि खुला प्रतिस्पर्धा प्रक्रिया सुरु

स्वास्थ्य मन्त्रालयको निर्देशन : अस्पतालका जग्गा–सम्पत्तिको सुरक्षा र अतिक्रमण विवरण माग

सम्भावित बाढी जोखिमका कारण वीपी राजमार्गमा रात्रीकालीन सवारी आवागमन बन्द

संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम

‘सेतो कोटको पछाडिको पीडा’ नाटकले स्वास्थ्यकर्मीको यथार्थ जीवन उजागर, नेपाल मेडिकल कलेजमा भावुक वातावरण

नेप्से परिसूचक सामान्य अंकले घट्यो, २.८० अर्ब रुपैयाँको कारोबार

प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै हर्क साम्पाङद्वारा बैठक बहिष्कार

रामबहादुर थापाको असंसदीय शब्द रेकर्डबाट हटाउन सभामुखको निर्देशन

शून्य समयः विविध विषयमा सरकारको ध्यानाकर्षण

विश्वकप लिग–२ मा नेपालसामु २४४ रनको चुनौती

राष्ट्रपतिले नीति तथा कार्यक्रम पढिरहँदा प्रधानमन्त्री बाहिरिएको भन्दै कांग्रेसको आपत्ति

एसईई २०८२ को नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

१२० हर्ज डिस्प्ले र एआई क्यामेरासहित नयाँ रेड्मी ए७ प्रो सार्वजनिक

कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

भूमिका:
२०८२ साल  भाद्र २३ र २४ को घटना नेपालका लागि केवल आन्दोलनका दिनहरू मात्रै थिएन । त्यो राज्यको क्षमता, राजनीतिक उत्तरदायित्व र नागरिक असन्तुष्टिको चरम अभिव्यक्ति पनि थियो। जसले नेपाल राज्यको तत्कालीन विद्यमान वास्तविक चरित्रलाई उदाङ्गो बनाउदै—एकातिर जनआक्रोशको विस्फोट, अर्कोतिर राज्यको कठोर प्रतिक्रिया, र त्यसपछिको दिनमा देखिएको अराजक विध्वंसको प्रदर्शनी थियो ।

यी दुई दिनले केवल तत्कालीन सरकारको निर्णय क्षमता मात्र होइन, सम्पूर्ण राजनीतिक प्रणालीको विश्वसनीयता र उत्तरदायित्वमाथि गम्भीर प्रश्न खडा गर्‍यो। यस्ता ऐतिहासिक र संवेदनशील घटनाको सत्य-तथ्य पत्ता लगाउने जिम्मेवारी बोकेको कार्की आयोगको प्रतिवेदनप्रति स्वाभाविक रूपमा निष्पक्षता, पूर्णता र साहसको अपेक्षा थियो ।

तर, जब सयौं पृष्ठ लामो विस्तृत प्रतिवेदन सार्वजनिक भयो—त्यो पनि औपचारिक सरकारी प्रक्रियाबाट होइन, मिडिया र सामाजिक सञ्जालमार्फत छरपष्ट रूपमा—यसले उठाउनुपर्ने प्रश्नहरूभन्दा बढी नयाँ प्रश्नहरू खडा गरेको छ; के प्रतिवेदनले सम्पूर्ण सत्य बोलेको छ ? कि यसले घटनाको एउटा पक्षलाई मात्र प्रष्ट पार्दै अर्को पक्षलाई छायाँमा राखेको छ ? अझ गम्भीर प्रश्न त यो छ—के सत्य खोज्ने प्रयासमा आँखामा छारो हाल्ने प्रयास मात्रै त भएन ?

कार्की आयोगको प्रतिवेदनले केही महत्वपूर्ण पक्ष उजागर गरे पनि, यसको समग्र अध्ययनले एउटा गम्भीर चिन्ता जन्माउँछ—के हामीले पूर्ण सत्य पाएका छौं ? या चयनात्मक व्याख्या मात्र ? यिनै सन्दर्भमा केही विश्लेषण यहाँ प्रस्तुत छ ।

अनुसन्धानको असन्तुलन: २३ मा कठोरता, २४ मा मौनता:
प्रतिवेदनको सबैभन्दा स्पष्ट विशेषता यसको असन्तुलन हो। भाद्र २३ गतेको घटनामा राज्य संयन्त्रको भूमिका, बल प्रयोग र निर्णय प्रक्रियामाथि सिलसिलेवार, गहिरो र विस्तृत विश्लेषण गरिएको भेटिन्छ । तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारी मात्र होइन, सुरक्षा निकायका उच्च तहसम्म कारबाहीको सिफारिस गरिएको देखिन्छ, जुन केही हदमा सकारात्मक पनि छ ।

तर भाद्र २४ गतेको घटनामा पुग्दा प्रतिवेदनको धार अचानक कमजोर मात्र होइन, सतही जस्तो देखिन्छ। देशव्यापी हिंसा, आगजनी, लुटपाट र अर्बौंको क्षति भएको दिनलाई “अपूर्ण अनुसन्धान” को दायरामा सीमित गरिनु केवल प्राविधिक कमजोरी मात्रै होइन भन्ने स्पष्ट हुन्छ। उपलब्ध तथ्यहरू—जस्तै करिब ८५ अर्ब बराबरको आर्थिक क्षति, प्रमुख राज्य संरचनामाथि लक्षित हमला, र देशव्यापी समन्वित गतिविधि—ले २४ गतेको घटना सामान्य अराजकता नभई गम्भीर र सम्भावित रूपमा संगठित प्रकृतिको रहेको संकेत गर्छन्।
त्यसैगरी, उपलब्ध विवरण अनुसार २४ गते मानवीय क्षति समेत २३ गतेको तुलनामा बढी देखिन्छ। यस्तो अवस्थामा बढी क्षति भएको दिनको अनुसन्धान नै कमजोर हुनु झन् गम्भीर प्रश्न बन्छ।

महत्वपूर्ण कुरा के छ भने—आयोगको कार्यादेश नै २३ र २४ दुवै दिनको घटनाको समान रूपमा अनुसन्धान गर्ने रहेको थियो। तर व्यवहारमा त्यो सन्तुलन देखिँदैन। आयोगले स्वयं २४ गतेका घटनाहरू पूर्ण रूपमा अनुसन्धानको दायरामा समेट्न नसकिएको स्वीकार गर्नुले प्रश्नलाई अझ बलियो बनाउँछ—के यो केवल सीमितता हो, कि चयनात्मक प्राथमिकता ?

दोषी किटानको अभाव: न्यायको सबैभन्दा ठूलो कमजोरी:

यति ठूलो स्तरको क्षति र मानवीय हानि—७६ जनाको मृत्यु, हजारौं घाइते, अर्बौंको आर्थिक क्षति—भएको घटनामा स्पष्ट जिम्मेवारी निर्धारण हुन नसक्नु प्रतिवेदनको सबैभन्दा ठूलो कमजोरी हो।
२३ गतेको घटनामा राज्य संयन्त्र मात्र होइन, राजनीतिक नेतृत्व र सुरक्षा निकायका उच्च तहसम्म जिम्मेवारी औंल्याउँदै कारबाहीको सिफारिस गरिएको देखिन्छ। तर २४ गतेको घटनामा पुग्दा त्यही स्तरको स्पष्टता हराउँछ—सम्भावित आयोजक, उक्साहटकर्ता वा नेतृत्वकर्ताबारे मौनता अपनाइएको छ।
यसले अर्को गम्भीर प्रश्न जन्माएको छ—हिंसामा राज्य दोषी हुन सक्छ, तर अराजकता “नामविहीन” रहन सक्छ ? यदि यसो हुन्छ भने, यस्तो सन्देशले दण्डहीनतालाई झनै मजबुत बनाउँछ।

स्वतःस्फूर्त कि संगठित ? अपूर्ण व्याख्या:

प्रतिवेदनले २४ गतेको घटनालाई “स्वतःस्फूर्त प्रतिक्रिया” र “अपराधिक तत्वको घुसपैठ” भनेर व्याख्या गर्छ। तर देशभर समन्वित रूपमा फैलिएको आक्रमण, संवेदनशील संरचनामाथि लक्षित हमला र व्यापक आर्थिक क्षति कुनै योजना, नेतृत्व वा समन्वय बिना सम्भव हुन्छ भन्ने तर्क कमजोर देखिन्छ। यसले संकेत गर्छ—संगठित उक्साहट र नेतृत्वको सम्भावनालाई जानाजान वा अवचेतन रूपमा ओझेलमा पारिएको हुन सक्छ।

क्षेत्राधिकार र सुझाव: अनुसन्धान कि विचार दस्तावेज ?

कार्की आयोगले तथ्य पत्ता लगाउने सीमाभन्दा बाहिर गएर नीतिगत र संरचनागत सुधारका विस्तृत सुझाव पनि दिएको छ। यस्ता सुझाव आवश्यक हुन सक्छन्, तर जब ती प्रमाण–आधारित विश्लेषणभन्दा बढी देखिन थाल्छन्, तब प्रतिवेदन अनुसन्धानात्मक दस्तावेजबाट विचार–प्रधान दस्तावेजमा रूपान्तरण भएको स्पष्ट हुन्छ।

प्रमाणको प्रश्न: फरेन्सिक आधारमा कति बलियो?

यति ठूलो घटनाको अनुसन्धानमा वैज्ञानिक परीक्षण र डिजिटल प्रमाणको प्रमाणीकरण अत्यन्त महत्वपूर्ण हुन्छ। तर विशेषतः २४ गतेको घटनामा सामाजिक सञ्जाल र मिडियामा प्रशस्त प्रमाण हुँदाहुँदै पनि दोषी पहिचान हुन नसक्नुले प्रमाणको प्रयोग र विश्लेषणमाथि गम्भीर प्रश्न उठाउँछ। यसले केवल प्राविधिक कमजोरी मात्र होइन, अनुसन्धानको प्राथमिकता र इच्छाशक्ति माथि पनि प्रश्न उठाउँछ।

सेना सम्बन्धी प्रसङ्ग: संवेदनशील विषयमा अस्पष्टता:

प्रतिवेदनमा सुरक्षा संयन्त्र, विशेषतः सेना सम्बन्धी विषय उठाइएको भेटिन्छ। साथै समग्र रूपमा हेर्दा प्रहरी, सशस्त्र, राष्ट्रिय अनुसन्धान लगायत सुरक्षा निकायसँग सम्बन्धित जिम्मेवारीबारे प्रश्न उठाइएको छ। तर यस्ता विषयहरूमा आधा–अधुरा वा अस्पष्ट विश्लेषणले संस्थागत विश्वसनीयतामा असर पार्ने र अनावश्यक विवाद जन्माउने जोखिम हुन्छ।

प्रतिवेदन सार्वजनिक हुने तरिका-पारदर्शितामाथि प्रश्न:

प्रतिवेदन औपचारिक रूपमा सरकारबाट सार्वजनिक हुनुको सट्टा मिडिया र सामाजिक सञ्जालमार्फत बाहिर आउनुले अर्को गम्भीर प्रश्न खडा गरेको छ। यसले संकेत गर्छ कि प्रतिवेदन राजनीतिक रूपमा संवेदनशील हुन सक्छ वा सरकारभित्रै असहमति हुन सक्छ । यससँगै आयोगमाथि तटस्थता र पूर्वाग्रह सम्बन्धी प्रश्नहरू उठ्ने आधारहरू पनि देखिन्छन्, जसले प्रतिवेदनको विश्वसनीयतामाथि थप बहस जन्माएको छ। तर, जुनसुकै कारण भए पनि, यस्तो प्रक्रिया संस्थागत पारदर्शिताको कमजोरी हो।

कार्यान्वयनको चुनौती: विवादबाट समाधानतर्फ कि थप अन्योलतर्फ?

यसरी विवादास्पद ढंगले सार्वजनिक भएको प्रतिवेदन कार्यान्वयनमा विभिन्न चुनौतीहरू देखिन्छन्, जस्तै – राजनीतिक सहमतिको अभाव, सिफारिसहरूको चयनात्मक प्रयोग, कानुनी चुनौतीको सम्भावना र जनविश्वासको कमी ।
परिणामतः, यस्तो प्रतिवेदन कार्यान्वयनभन्दा बढी विवादको विषय बन्न सक्छ।

निष्कर्ष: आधा सत्यले न्याय गर्दैन :

कार्की आयोगको प्रतिवेदनले एउटा महत्वपूर्ण सुरुवात गरेको छ । त्यो हो – यसले राज्य संयन्त्रको कमजोरी औंल्याएको छ। तर २४ गतेको विध्वंस, सम्भावित उक्साहट र जिम्मेवारी निर्धारणमा देखिएको कमजोरीले यसलाई अधुरो बनाएको छ।
अन्ततः प्रश्न एउटै हो कि – के हामी पूर्ण सत्यतर्फ गइरहेका छौं, कि चयनात्मक सत्यलाई नै स्वीकार गर्दैछौं ? लोकतन्त्रको आधार स्पष्ट छ — न्याय तब मात्र हुन्छ, जब सत्य पूर्ण हुन्छ।
२०८२ चैत्र १३ गते ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय