काभ्रे :- बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा नेपाली छोटो फिल्म ‘रिहाना’ वर्ल्ड प्रिमियर हुने भएको छ ।
फेस्टिभलको वेबसाइटअनुसार, ‘एसियन सर्ट फिल्म कम्पिटिसन’को विधामा यो फिल्म प्रिमियर हुन लागेको हो । प्रिमियर नेपाली मितिअनुसार ५ र ६ गते (सेप्टेम्बर २१-२२) मा हुनेछ ।
निर्माता केदार भुसालले यो उपलब्धिले नेपाली कथालाई विश्वसामु पुर्याउने प्रयासलाई निरन्तरता दिएको बताए । उनले भने, ‘नेपालका फरक कथालाई फरक विधामा प्रस्तुत गर्दै विश्वभर पुर्याउने लक्ष्यका साथ काम गरिरहेका छौँ । यो छनोटले मलाई अझ ठूलो हौसला र प्रेरणा दिएको छ ।’
’अ दुम्सी पिक्चर्स प्रोडक्सनले निर्माण गरेको फिल्ममा मिराज मोसन पिक्चर्स, अन्डरग्राउन्ड टकिज र पिक्चर फ्रेमको सहकार्य छ ।


