काठमाडौँ :– यातायात व्यवस्था सेवा कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा कुल रु ४८ करोड ९८ लाख २७ हजार १८७ राजस्व सङ्कलन गरेको छ।
कार्यालयका सूचना अधिकारी लेखप्रसाद आचार्यका अनुसार सवारी साधन करबाट सबैभन्दा बढी रु ३८ करोड ५२ लाख ७९ हजार ४८२ राजस्व उठेको छ। त्यसैगरी चालक अनुमति पत्र (लाइसेन्स) प्रदानबाट रु ८ करोड ५३ लाख ३३ हजार ४७५, रुट पर्मिटबाट रु १ करोड १४ लाख ३१ हजार ८३०, अन्य सेवा शुल्कबाट रु ७५ लाख ५१ हजार, व्यवसाय दर्ता दस्तुरबाट रु १ लाख २८ हजार ३०० तथा दण्ड, जरिवाना र जफतबाट रु १ लाख ३ हजार १०० राजस्व सङ्कलन भएको छ।












