काठमाडौँ :– धनुषाको जनकपुरधाममा बढ्दो तनावपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालय धनुषाले बिहीबार दिउँसो ३ः३० बजेदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरेको हो।
प्रशासनका अनुसार जनकपुरधाम उपमहानगरपालिकाको सम्पूर्ण क्षेत्र, लक्ष्मीनिया गाउँपालिका तथा नगराइन नगरपालिकाका विभिन्न क्षेत्रमा कर्फ्यु लागू गरिएको छ। स्थानीयलाई सुरक्षा निकायको निर्देशन पालना गर्न प्रशासनले आग्रह गरेको छ।












