काठमाडौँ :– नेकपा एमालेले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेको छ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले सांसद पद्मा अर्यालले सुनसरी घटनाप्रति सरकार गम्भीर बन्न नसकेको आरोप लगाउँदै प्रधानमन्त्री र गृहमन्त्रीले नैतिक जिम्मेवारीसहित पदबाट राजीनामा दिनुपर्ने बताइन्।
उनले यति गम्भीर घटना हुँदा पनि प्रधानमन्त्री कहाँ छन् भन्दै सरकारको भूमिकामाथि प्रश्नसमेत उठाइन्।












