काठमाडौँ :– राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच बुधबार शीतल निवासमा भेटवार्ता भएको छ।
भेटका क्रममा लामिछानेले मुलुकको समसामयिक राजनीतिक अवस्था तथा सुनसरीमा हालै भएको घटनापछि विकसित परिस्थितिबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए। साथै, सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले आयोजित सर्वदलीय बैठकमा भएको छलफल, दलहरूको साझा धारणा र शान्तिपूर्ण वातावरण कायम गर्न चालिएका पहलका विषयमा पनि उनले राष्ट्रपतिलाई ब्रिफिङ गरेका थिए।
राष्ट्रपति पौडेलले मुलुकमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गरेका थिए। भेटका क्रममा पछिल्लो राजनीतिक घटनाक्रम तथा संसदको प्रभावकारिताबारे पनि सामान्य छलफल भएको राष्ट्रपति सचिवालयले जनाएको छ।












