काठमाडौँ :– बैतडीमा घाँस काट्ने क्रममा ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा दशरथचन्द नगरपालिका–१ कि २२ वर्षीया अस्मिता भट्ट रहेको छ ।
आज बिहान करिब ९ः३० बजे सुर्नया गाउँपालिका–२ कैलडाँडा क्षेत्रमा घाँस काटिरहेका बेला माथिबाट खसेको ढुङ्गा लागेर भट्टको घटनास्थलमै मृत्यु भएको थियो ।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












