काठमाडौँ :– राष्ट्रिय बाघ सर्वेक्षण–२०८२ अनुसार नेपालमा बाघको अनुमानित संख्या ४२९ पुगेको छ।
विश्व बाघ दिवसको अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सार्वजनिक गरेको विवरणअनुसार वैज्ञानिक एसईसीआर (SECR) विधिबाट गरिएको विश्लेषणमा पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा आसपासका वन क्षेत्रमा क्रमशः ७१, १४५, ५१, ११२ र ५० वटा बाघ रहेको अनुमान गरिएको छ।
सर्वेक्षणका क्रममा क्यामरा ट्र्यापबाट प्राप्त तस्बिरहरूको विश्लेषण गर्दा ३७३ वटा फरक–फरक बाघ पहिचान गरिएको विभागले जनाएको छ।












